निवासमै बोलाउने राजदूतहरू ट्वीटरमार्फत शुभकामना दिदैं

काठमाडौं । अमेरिकी राजदूत र्‍याण्डी बेरीले तिहारको शुभकामना दिँदै सामाजिक सञ्जाल ट्वीटरमा तस्बिर राखेको भोलिपल्ट चिनियाँ राजदूत होऊ यान्छीले पनि तिहारको शुभकामना दिइन् ।

बेलायती राजदूत रिचार्ड मोरिसले समेत अमेरिकी राजदूतले शुभकामना दिएको केही घण्टामा शुभकामना दिए ।

नेपालमा रहेका राजदूतहरुले चाडपर्वलाई नजिकबाट नियाल्दै सांस्कृतिक–कूटनीतिका रुपमा ढाल्ने प्रयास गरिरहेका छन् ।

उनीहरुले हरेक चाडपर्वमा यसैगरी शुभकामना दिँदै आएका छन् । पहिले निवासमा बोलाएर रमाइलो गर्ने राजदूतहरु अहिले ट्वीटमार्फत शुभकामना दिन थालेका हुन् ।

अमेरिकी राजदूतावासभित्र अहिले राजदूतमात्र होइन दूतावासका अन्य अधिकारीले पनि भाइटीका लगाएको तस्बिर राखेर यसको महत्वलाई झल्काएका छन् । अन्नपूर्ण पोष्ट्मा समाचार छ ।

Please follow and like us:

Leave a Reply

Your email address will not be published. Required fields are marked *