मेस्सी अर्जेन्टिनी टोलीमा फर्किए

एजेन्सी । अन्तर्राष्ट्रिय फुटबलबाट तीन महिनाको प्रतिबन्धपछि कप्तान लियोनेल मेस्सी अर्जेन्टिनी राष्ट्रिय टोलीमा समावेश भएका छन् ।मुख्य प्रशिक्षक लियोनल स्कालोनीले ब्राजिल र उरुग्वेविरुद्धको दुई मैत्रीपुर्ण खेलका लागि मेस्सीलाई टोलीमा समावेश गरेका छन् । गत जुलाईमा ब्राजिलमा सम्पन्न कोपा अमेरिका कप दौरान दक्षिण अमेरिकी फुटबल महासंघ र रेफ्रीबारे नकारात्मक टिप्पणी दिएपछि मेस्सीलाई तीन महिनाको प्रतिबन्ध सुनाइएको थियो ।

दुई मैत्रीपुर्ण खेलका लागि स्कालोनीले बिहीबार २६ सदस्यीय टोली घोषणा गरेका छन् । यसअघिका खेलमा समावेश नगरिएका फरवार्ड सर्जियो अगुएरोलाई पनि प्रशिक्षक स्कालोनीले टोलीमा समावेश गरे ।

अर्जेन्टिनाले १५ नोभेम्वरमा साउदी अरवमा ब्राजिलसँग मैत्रीपुर्ण खेल खेल्दैछ । त्यसको तीन दिनपछि इजरायलमा उरुग्वेसँग खेल्ने तालिका छ ।

अर्जेन्टिनी टोली

गोलरक्षक– अगस्टिन मार्चेसिन, जुवान मुस्सी, इमिलियानो मार्टिनेज, इस्टिवान एन्ड्रादा

डिफेन्डर – जुवान फोयथ, रेन्जो साराभिया, निकोलस ओटामेन्डी, जर्मन पिजेला, मार्कोस रोजो, वाल्टर कान्नेमान, निकोलस टाग्लियफिको, निहुवेन पेरेज

मिडफिल्डर – गुइडो रोड्रिग्वेज, जियोभानी लो सेल्सो, लियान्द्रो पाराडेस, निकोलस डोमिनग्वेज, रोड्रिगो, मार्कोस एकुना, रोबर्टो पेरेरा र लुकास ओकाम्पस

फरवार्ड – लियोनल मेस्सी, सर्जियो अगुएरो, निकोलस गोन्जालेज, लुकास एलारियो, लौटारो मार्टिनेज र पाउलो डिबाला

Please follow and like us:

Leave a Reply

Your email address will not be published. Required fields are marked *