प्रधानमन्त्री ओलीका एडिसी जुवाखालबाट समातिए

काठमाडौं । प्रधानमन्त्री केपी ओलीको सुरक्षा टोलीका वरिष्ठ सुरक्षा अधिकारी जुवाखालबाट पक्राउ परेका छन् । नेपाली सेनाका मेजर (सेनानी) राजेन्द्र शाहीलाई प्रहरीले शुक्रबार साँझ जुवा खेलिरहेको अवस्थामा सामाखुसीबाट पक्राउ गरेको हो ।

महानगरीय प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरी टोलीले सामाखुसीस्थित सोमबहादुर मगरको घरबाट शाहीसहित आठ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा घरधनी मगर, रामेछापका बुद्धिलाल मगर, गोरखाका जित गुरुङ र किरणजंग शाह, टोखाका मानकाजी गुरुङ र धर्म शाह तथा सुर्खेतका रिनज राणा छन् । उनीहरुको साथबाट एक लाख ५९ हजार तीन सय रुपैयाँ बरामद गरेको छ ।

Please follow and like us:

Leave a Reply

Your email address will not be published. Required fields are marked *