एमसीसीसँग खेल्दै नेपाली युवा टोली

काठमाडौं । मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) ले पहिलो खेलमा आज नेपाली यू१९ टोलीसँग खेल्दै छ । टियु क्रिकेट मैदानमा बिहान ९स्१५ देखि सुरु हुने खेल ५० ओभरको हुनेछ । भारत भ्रमणको लागि बुधबार रित गौतमको कप्तानीमा घोषणा टोलीनै एमसीसीविरुद्ध मैदान उत्रर्ने छ ।

टेष्ट र प्रथम श्रेणीको अनुभव रहेका एमसीसी खेलाडीविरुद्ध नेपाली यू१९ टोलीको सोच नतिजा भन्दा अनुभव र क्षमता बृद्धीमा केन्द्रित रहने छ । एमसीसीमा इंग्ल्यान्डबाट टेष्ट खेलि सकेका टम वेस्टली,पाकिस्तानका तीनै वान डे,टि ट्वान्टी र टेष्ट खेलेका यासिर अराफात,कप्तान जिमी एडम्स र बिली गोडलेमान जस्ता खेलाडी छन् ।

एमसीसीका यी चार बाहेक अन्यले इंग्ल्यान्डबाट यू१९ र प्रथम श्रेणी खेलेका छन् । एमसीसी नेपाली यूवा टोलीमाथि सहज र फराकिलो जित निकाल्ने सोचका साथ मैदान प्रवेश गर्ने छ ।

सिनियर टोलीबाट खेलि सकेका कुशल मल्ल नेपालको प्रमुख हतियार हुन् । कुशललाई आजको खेल महत्वपूर्ण पनि हुने छ । एक महिना अघि जिम्बावेसँग टि ट्वान्टीमा डेब्यू गरेका कुशलले सिनियर टोलीमा खासै राम्रो प्रभाव छाड्न सकेनन्,जति उनिबाट आशा गरिएको थियो । त्यसैले कुशल पुन आफुलाई प्रमाणित गर्न चाहान्छन् । कप्तान रित गौतम, खड्क बहादुर बोहरा, विकेटकीपर हरि बहादुर चौहान, लोकेश बम शीर्षक्रमका ब्याट्सम्यान हुन् ।

विवेक कुमार यादव, प्रतिश जि।सी र तिलक भण्डारी बलिङ हतियार हुन् । फ्रेन्चाइज लिगको अनुभवी अफ स्पिनर सुर्य तामाङले औलामा चोटका कारण यो खेल गुमाउने निश्चित जस्तै छ । अलराउन्डरको रुपमा कुशलसँगै, शेर मल्ल, विशाल बिक्रम केसी रहेका छन् ।

Please follow and like us:

Leave a Reply

Your email address will not be published. Required fields are marked *