छात्रालाई अब प्याड निःशुल्क

काठमाडौं । सरकारले सामुदायिक विद्यालयका छात्रालाई निःशुल्क स्यानिटरी प्याड उपलब्ध गराउने भएको छ । महिनावारीमा पनि छात्राहरुको पठनपाठन सहज बनाउन ७ सय ५३ वटै स्थानीय तहबाट प्याड वितरण गर्न लागिएको हो ।

कक्षा ६ देखि १२ सम्मका छात्रालाई आगामी मंसिरदेखि प्याड उपल्बध गराइने शिक्षा मन्त्रालयले जनाएको छ । मुलुकभरका सामुदायिक विद्यालयमा कक्षा ६ देखि १२ सम्म १५ लाख छात्रा छन् ।

सरकारले आर्थिक वर्ष २०७६ ७७ को नीति तथा कार्यक्रममा सामुदायिकका छात्रालाई निःशुल्क स्यानिटरी प्याड उपलब्ध गराउने घोषणा गरेको थियो । कान्तिपुर दैनिकले खबर छापेको छ ।

Please follow and like us:

Leave a Reply

Your email address will not be published. Required fields are marked *