ज्ञानेन्द्र शाहीलाई कुट्ने २ जना पक्राउ

चितवन । चितवनमा ज्ञानेन्द्र शाहीमाथि आक्रमण गर्नेलाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले चितवनका अबिरल पोखरेललाई पक्राउ गरेको हो।
पोखरेलसँगै अर्का एक जना पनि पक्राउ परेका छन्। पक्राउ परेकाबारे प्रेस नोट जारी गरेर जानकारी दिइने चितवनका एसपी दानबहादुर मल्लले जानकारी दिए।

आफूलाई भ्रष्टाचार विरोधी अभियन्ता भन्ने शाहीमाथि आक्रमण भएपछि आक्रमणकारी पक्राउ गर्न नसकिएको भन्दै प्रहरीको आलोचना भएको थियो। गत असोज ११ गते भरतपुरस्थित चोबिसकोठीमा नेपालका लागि नेपालीले आयोजना गरेको कार्यक्रम सुरू हुनै लाग्दा शाहीमाथि अज्ञात समूहले आक्रमण गरेको थियो ।

ग्लोबल होटलबाट बा ३ ख ८४५८ नम्बरको माइक्रोमा चढेर कार्यक्रम स्थल जाँदै गरेका शाहीमाथि ढुंगामुढा भएको थियो। उनको टाउकोमा चोट लागेको थियो। प्रहरीका अनुसार घटनामा सम्लग्न अन्य केही फरार छन्। उनीहरुको पनि खोजी भइरहेको प्रहरीले जनाएको छ।

Please follow and like us:

Leave a Reply

Your email address will not be published. Required fields are marked *