रिन्स एन्ड्रू शाही दायित्वबाट पछि हटे

एजेन्सी । ब्रिटेनको शाही परिवारका सदस्य ड्युक अफ योर्क प्रिन्स एन्ड्रूले आफू शाही दायित्वबाट पछि हटिरहेको जानकारी दिएका छन् । जेफरी एपस्टीन मामला शाही परिवारका लागि अशान्तिको प्रमुख कारण भएको बताउँदै आफू पछि हटेको उनले जानकारी दिए । ५९ वर्षीय प्रिन्स एन्ड्रूले आफूले स्थितीलाई बुझ्दै महारानीलाई आफ्नो कर्तव्यबाट पछि हट्न अनुमती मागेको बताएका छन् । […]

इरानमा मूल्य वृद्धिको विरोधमा प्रदर्शन

जेनेभा । पेट्रोलको मूल्य वृद्धिको विरोधमा प्रदर्शन गर्ने क्रममा दर्जनौँ इरानी मारिएको समाचारप्रति मङ्गलबार राष्ट्रसङ्घले गहिरो चासो व्यक्त गरेको छ । पेट्रोलको मूल्यवृद्धिविरूद्ध इरानमा शनिबारदेखि प्रदर्शनहरू हुँदै आएका स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् । विरोधका क्रममा दर्जनौँ व्यक्तिको मृत्यु भएको र एक हजार प्रदर्शनकारीलाई पक्राउ गरिएको बताइएको छ । स्लामिक गणतन्त्र इरानले गत बिहीबार पेट्रोलको मूल्य […]

टाइटानिककी गायिका सेलिन डियोनको नीजि विमान दुर्घटनामा मृत्युको हल्ला !

एजेन्सी । सोसल मिडियामा एउटा भिडियो भाइरल भइरहेको छ जसमा चर्चित गायिका सेलिन डियोनको विमान दुर्घटनामा मृत्यु भएको खबर छ । क्यानडेली गायिका डियोनलाई हलिउडको ब्लकबस्ट टाइटेनिकको थीम गीत ‘माइ हर्ट विल गो अन’ का लागि चर्चित छिन् । यद्यपि, उक्त खबर मात्रै एउटा हल्ला भएको पत्ता लागेको छ । – भाइरल भिडियोमा सिएनएन न्यूज […]

हिमपहिरोमा परी चार जवान, दुई भरियाको मृत्यु

एजेन्सी । भारत प्रशासित काश्मिरको उत्तरी सियाचिन ग्लेशियर (हिमनदी) मा सोमबार भएको हिमस्खलनमा चार जवान र दुई सर्वसाधारणको मृत्यु भएको छ । सर्वसाधारण भारी बोक्ने काम गर्थे । भारतीय सेनाका अनुसार सियाचिन ग्लेशियरको उत्तरी क्षेत्रमा १९ हजार फुटको उचाइमा आठजना गस्ती दलमा समावेश थिए । उक्त हिमस्खलन सोमबार दिउँसो करिब तीन बजे भएको हो । […]

को हुन् श्रीलंकाका नवनिर्वाचित राष्ट्रपति गोताबय राजपक्ष ?

एजेन्सी । रीलङ्कामा गृहयुद्ध हुँदा रक्षासचिव रहेका गोताबय राजपक्ष श्रीलङ्काको नयाँ राष्ट्रपति निर्वाचित भएका छन्। निर्वाचनमा राजपक्षको पक्षमा ५२।२५ प्रतिशत मत खसेको थियो। उनका प्रमुख प्रतिद्वन्द्वी सजित प्रेमदासले पराजय स्वीकार गरेका छन्। विश्लेषकहरूका अनुसार राजपक्षले सिन्हालाबहुल क्षेत्रमा अत्यधिक मत ल्याइएका छन् भने सजिथ प्रेमदासले तामिलहरूको बाहुल्य भए दक्षिणी भेटमा राम्रो मत ल्याएका थिए। भर्खरै सम्पन्न […]

दलितको मृत्यु, कुटपिटपछि पिलाइएको थियो पिसाब

एजेन्सी । भारतको पञ्जाबस्थित संगरुरमा एक दलित युवकको कुटपिटपछि मृत्यु भएको छ । कुटपिटपछि युवकलाई पिजिआई चन्डीगढमा भर्ना गरिएको थियो । शुक्रबार मृतक जगमेल सिंहको खुट्टामा संक्रमण फैलिएका कारण काट्नु परेको थियो तर यति गर्दासमेत उनलाई बचाउन सकिएन । जगमेल सिंह एक मजदुर थिए । मृतकको परिवारमा उनकी श्रीमतीबाहेक दुई छोरी र एक छोरा छन् […]

सरिफको अवस्था थप जटिल

एजेन्सी । स्वास्थ्य अवस्था नाजूक रहेका भनिएका पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज शरिफको उपचारका लागि विदेश जाने प्रयासमा थप जटिलता उत्पन्न भएको छ । पूर्व प्रधानमन्त्री शरिफ थप उपचारका लागि बेलायत जान चाहेका छन् । पाकिस्तानी अदालतले शरिफलाई विदेशमा उपचार गर्न जमानत दिएको थियो । नवाफ शरिफ भ्रष्टाचारको आरोपमा जेलमा रहेका थिए । पाकिस्तान सरकारले यसअघि अदालतको […]

अमेरिकालाई टक्कर दिने नेताले लिए मेक्सिकोमा राजनीतिक शरण

एजेन्सी । बोलिभियामा १४ वर्ष सत्तामा रहेका एभो मोरालेस ल्याटिन अमेरिकाकै इतिहासमा सबैभन्दा बढी समय सत्तामा रहेका नेतामध्ये एक हुन्। अघिल्लो महिना चुनावमा धाँधली भएका विवादमाझ उत्पन्न विरोध प्रदर्शनका कारण यसै हप्ता उनले राजीनामा दिए। अमेरिकालाई टक्कर दिएर सत्तामा टिकेका यी शक्तिशाली नेताले मेक्सिकोमा राजनीतिक शरण लिन लागेका छन्। बोलिभियाको पश्चिममा अवस्थित एउटा ग्रामीण आदिवासी […]

विपक्षी सिनेटरद्वारा आफूलाई अन्तरिम राष्ट्रपति घोषणा

एजेन्सी । इभो मोरालेसले राष्ट्रपति पदबाट राजीनामा दिएपछि बोलिभियाको विपक्षी दलकी सिनेटर जिनाइन एनेजले आफूलाई अन्तरिम राष्ट्रपति घोषणा गरेकी छिन् । मोरालेसका पार्टीका सांसदहरुले उक्त सेसनलाई बहिस्कार गरेका कारण उनको नियुक्तिका लागि कोरम भने पूरा भने थिएन । एनेजले संविधानतः आफू राष्ट्रपति बन्ने लाइनमा रहेको बताउँदै चाँडै निर्वाचन घोषणा गर्ने प्रतिबद्धता व्यक्त गरिन् । मोरालेसले […]

रगतले रात्तै भयो कोरियाली नदी !

एजेन्सी । उत्तर र दक्षिण कोरियाली सीमा नजिकैको एक नदी सुँगुरको रगतका कारण पूर्ण रुपमा रातो भएको छ । देशमा अफ्रिकन स्वाइन फिवर फैलिने खतरा पैदा भएका कारण दक्षिण कोरियाली प्रशासनले यसलाई रोक्नका लागि ४७ हजार सुँगुर मार्ने आदेश जारी गरेको थियो । तर वर्षाका कारण सीमा नजिकैको डम्पिङ ग्राउन्डबाट रगत बगेर नजिकैको सानो नदी […]