निर्मला बलात्कार–हत्या प्रकरणः दोषको दुनो दिलीपतिरै

काठमाडौं । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले प्राविधिक टोलीले डीएनएलाई प्रमाण मान्न नसकिने ठहर गरेपछि अनुसन्धानमा सहज भएको बताएका छन् । दिलीपसिंह विष्टविरुद्ध निर्मलाकी आमा दुर्गादेवीले दिएको किटानी जाहेरीबारे बुझ्न गएको टोलीसँग प्रजिअ वैद्यले दिलीपविरुद्ध दर्ता गरेको किटानी जाहेरी र प्राविधिक टोलीको प्रतिवेदनलगायतले अनुसन्धानमा सघाएको बताएका हुन् । कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कार र […]

पूजा बोहरा बलात्कारका दोषीलाई साढे ११ वर्ष जेल

काठमाडौं । सर्वोच्च अदालतले बैतडीकी एक स्कुले युवती पूजा बोहारालाई बलात्कार गर्ने सागर भट्ट र अमरराज अवस्थीलाई साढे ११ वर्षको जेल सजायँ सुनाएको छ । तत्कालीन पुनरावेदन अदालत महेन्द्रनगरको यस अघि उनीहरूलाई सफाइ दिने फैसलालाई उल्टाउँदै न्यायाधीश सपना मल्ल र हरि फुयाँलको संयुक्त इजलासलले पीडकलाई साढे ११ वर्षको जेल सजायँ तथा पीडितलाई दश लाख रुपियाँ […]

महिला हुत्याउने डोजर चालक जेलमा

काठमाडौं । डोजरले महिला हुत्याएको अभियोग लागेका चालक किशोर बोहरा पुर्पक्षका लागि कारागार चलान भएका छन् । दशरथचन्द नगरपालिका -९ ग्वाल्लेकमा कात्तिक ४ गते सडक निर्माणका क्रममा स्थानीय गौरी जोशीलाई डोजरले हुत्याएको थियो । जिल्ला न्यायाधीश ईश्वरीप्रसाद भण्डारीको एकल इजलासले चालक बोहरालाई थुनामा पठाउन आदेश दिएको हो । डोजर धनी भानी जोशी, स्थानीय भोजराज जोशी […]

अफ्ताव आलम पूर्पक्षका लागि थुनामा

न्यायाधीश दीपक ढकालको इजलासले आलमले इन्कारी बयान दिए पनि प्राप्त प्रमाणहरुले निर्दोष रहेछन् भन्न नसक्ने ठहर गरेको हो । कसुरको प्रकृति र गम्भीरता र बादीको साक्षी प्रमाणहरुलाई पर्न सक्ने प्रतिकुल प्रभावका आधारमा आलमलाई थुनामा राखेर मुद्दाको पूर्पक्ष गर्नुपर्ने आदेशमा उल्लेख छ । रौतहटमा नराख्नू अदालतको आदेशअनुसार उनलाई जिल्ला कारागार रौतहट चलान गरिएको छ । तर […]

पराल काट्ने हतियार प्रहार गरी सौताको विभत्स हत्या

काठमाडौं । एक महिलाले धारिलो हतियार प्रहार गरी आफ्नै सौताको विभत्स ढंगले हत्या गरेकी छन् । चक्रघट्टा गाउँपालिका (४ सर्लाहीकी ३५ वर्षीया कोरैसा खातुनले २२ वर्षीया खुर्सिदा खातुनको हत्या गरेकी हुन् । मंगलबार साँझ कोरैसाले खुर्सिदाको हत्या गरेको प्रहरीले जनाएको छ । ‘घरभित्रै पराल काट्ने फलामको धारिलो हतियारले शरिरका विभिन्न अंग काटेर टुक्रा (टुक्रा पारेको […]

दरबारमार्गमा सामूहिक बलात्कार : मुख्य दोषीलाई ५ वर्ष जेल

काठमाडौं । दरबारमर्गमा दुई वर्षअघि एकल महिलामाथि सामूहिक बलात्कार भएको ठहर अदालतले गरेको छ । उक्त घटनामा मुख्य अभियुक्त शैलेश कार्कीलाई पाँच वर्ष दुई महिना कैद सजाय सुनाइएको छ । पीडितलाई ७ लाख रुपैयाँ क्षतिपूर्ति भराउनुपर्ने फैसला भएको छ । मतियारमा विकास गौतम र दीपक श्रेष्ठलाई जनही एक वर्ष दुई महिना कैद सजाय सुनाइएको छ […]

अमेरिका लैजाने भन्दै मलावीमा बन्धक बनाइएका ६ नेपालीको उद्धार

काठमाडौं । अमेरिका लैजाने भन्दै अफ्रिकाको मलावी लगेर बन्धक बनाइएका ६ नेपालीको उद्धार गरिएको छ । मानव बेचविखन अनुसन्धान व्युरोको समन्वयमा उनीहरुको उद्धार भएको हो । व्युरोका अनुसार नेपाली युवालाई अमेरिका पुर्‍याउँछु भनी विगत एक वर्षदेखि भियतनाम, इथोपिया, माडागास्कार, जोर्डन, दुबई र अजरबैजान हुँदै आफ्रिाकाको मलावी भन्ने मुलकमा लगि बन्धक बनाएको पाइएको छ । मानव […]

नेपाल राज्यविरुद्ध गरिने जासुसीमाथि विशेष निगरानी राखिने

काठमाडौं । कुनै पनि विदेशी व्यक्ति, समूह वा सङ्घसंस्थाले नेपाल राज्यविरुद्ध तथा राष्ट्रिय सुरक्षाबारे जासुसी गरेर गराएको निगरानी राखिने भएको छ । प्रधानमन्त्री कार्यालय मातहतमा रहने राष्ट्रिय अनुसन्धान विभागमा यससम्बन्धी प्रतिगुप्तचरी एकाइ नै रहने गरी सरकारले विशेष व्यवस्था गर्न लागेको हो । नेपाल विशेष सेवा गठनसम्बन्धी नयाँ विधेयक सरकारले राष्ट्रिय सभामा प्रस्तुत गरेको छ । […]

जिस्किदैं घाँटी कस्दा प्रेमीको ज्यान गयो

काठमाडौं । प्रेमिकाले एकछिनको झौंकले ३३ वर्ष युवकको ज्यान गएको छ । बाह्रबिसे नगरपालिका–४ पलातीका जीवनकुमार थापाले घाँटीमा प्रेमिकाले सुरुवालले कस्दा मृत्यु भएको रहस्य बाहिरिएको हो । बिवावाहित थापा र अविवाहित २० वर्षकी प्रतिमा विकबीच डेढ वर्षअघि फेसबुकमार्फत चिनजान भएको थियो । एक हप्तापछि उनीहरुबीच मोबाइल नम्बर साटासाट भयो । पछि खुलेरै घुम्न रमाउन थाले […]

आलमलाई विभागले काट्यो पत्र

काठमाडौं । राजपुर बमकाण्डका अभियुक्त महम्मद आफताब आलममाथि सम्पत्ति शुद्धीकरण विभागले पनि अनुसन्धान गर्ने भएको छ । ‘अपराधकर्मबाट अकुत सम्पत्ति आर्जन गरेको आरोपमा विभागले अनुसन्धान थालेको हो । विभागले बिहीबार रौतहट प्रहरीलाई पत्र लेखि आलमलाई उपस्थित गराउन आग्रह गरेको छ । रौतहट प्रहरी कार्यालयले शुक्रबार जिल्ला अदालत रौतहटलाई विभागको पत्र बुझाउँदै आलमलाई पठाइदिन अनुरोध गरेको […]