राजस्व छल्नेहरू धमाधम फन्दामा : १७ महिनामा १७ अर्बकै बिगो

काठमाडौं । राजस्व छलीका विविध रूप देखा पर्न थालेपछि राजस्व अनुसन्धान विभागले पनि राजस्व छली गर्नेविरुद्ध आक्रामक अनुसन्धान र कारबाही अघि बढाउन थालेको छ । विभागले विगत १७ महिनाको अवधिमा विभिन्न कम्पनीका सञ्चालक तथा व्यक्तिविरुद्ध १७ अर्ब रुपैयाँभन्दा बढीको बिगो दाबीसहित मुद्दा दायर गरेको छ । विभागका महानिर्देशक दीर्घराज मैनालीले १७ महिनाको अवधिमा विभिन्न कम्पनीका […]

अब टुटल र पठाओले यात्री बोक्न नपाउने

काठमाडौं । यातायात व्यवस्था विभागले निजी प्रायोजनका लागि दर्ता भएका रातो नम्बरप्लेटका सवारीले भाडामा यात्रु बोकेको पाइएमा कारबाही गर्ने भएको छ । विभागले मंगलबार सूचना प्रकाशित गरी निजी सवारीलाई अन्य प्रयोजनमा प्रयोग गर्नु गैरकानुनी भएको जानकारी गराउँदै कारबाही गर्ने बताएको हो । विभागको यस्तो सूचनाले निजी सवारीबाट भाडामा यात्रु बोक्दै आएका टुटुल र पठाओजस्ता कम्पनी […]

अर्थतन्त्रमा जोखिम बढ्दै

काठमाडौं । विश्व बैंकको एक प्रतिवेदनले नेपालसहित दक्षिण एसियाली राष्ट्रहरुको अर्थतन्त्रमा जोखिम बढ्दै गएको देखाएको छ । दक्षिण एसियाको झण्डै दुई तिहाईभन्दा बढी अर्थतन्त्र ओगटेको भारतमा आएको आर्थिक मन्दी र यसको कारणका साथै अन्य देशहरुको आर्थिक विकासमा देखिएको उतारचढावको कारण यस्तो अवस्था आएको प्रतिवेदनमा उल्लेख छ । नेपालमा लगातारको उच्च व्यापार घाटाले नेपालको अर्थतन्त्रमा वाह्य […]

सुपथ मूल्यमा उपलब्ध गराउनुपर्ने चामल गोदाममै कुहियो

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका कर्मचारीको चरम लापरबाहीका कारण लाखौं मूल्य बराबरको चामल गोदाममै कुहिएको छ । नागरिकलाई सुपथ मूल्यमा खाद्यान्न उपलब्ध गराउनुपर्ने सो लिमिटेडले समयमा नै चामल व्यवस्थापन गर्न नसक्दा ठूलो परिमाणको चामल गोदाममै कुहिएको हो । सर्वसाधारण विपन्न नागरिक भने बाहिर धेरै मूल्य तिरेर चामल किन्न बाध्य छन् । काठमाडौंको […]

पहिलोपटक आधुनिक फलाम खानी कम्पनी

काठमाडौं । मुलुकमा पहिलोपटक आधुनिक फलाम खानी कम्पनी कानुनी रूपमा स्थापना भएको छ । कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता प्रक्रिया पूरा भएपछि आधुनिक फलाम खानीले संस्थागत आकार लिएको हो । नवलपुरको होप्से गाउँपालिकामा स्थापना गर्न लागिएकोे फलाम खानी कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भई कम्पनी सञ्चालनका थप प्रक्रिया अगाडि बढाइएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ […]

लाउडा भ्रष्टाचार मुद्दाः १९ वर्षदेखि सर्वोच्चमा अल्झियो

काठमाडौं । सर्वोच्च अदालतमा १९ वर्षअघिको लाउडा भाडा प्रकरणको भ्रष्टाचार मुद्दा सर्वोच्चमा पुगेपछि १२ वर्षमा पनि फैसला हुन नसकेर अल्झिएको छ । लाउडा जहाज भाडामा ३८ करोड रुपैयाँ भ्रष्टाचार भएको दाबीसहित दायर मुद्दाको १२ वर्षसम्म पनि अन्तिम फैसला हुन सकेको छैन । १३ माघ २०६४ मा सर्वोच्चमा पुगेको लाउडा भ्रष्टाचार मुद्दामा १२ प्रधानन्यायाधीश फेरिए । […]

क्लीन फिडपछि नेपाली विज्ञापन बजार २० अर्बमाथि पुग्ने

काठमाडौं । क्लीन फिड लागू हुनेगरी कार्यान्वयनमा आएको विज्ञापन (नियमन गर्ने) ऐनका कारण नेपालको विज्ञापन बजार १० अर्बबाट २० अर्ब माथि पुग्ने भएको छ । सो ऐन राजपत्रमा प्रकाशित भइ कार्यान्वयनमा आएपछि विज्ञापन एजेन्सीहरु खुसी भएका छन् भने नेपालको विज्ञापन बजारमा नयाँ तरङ्ग छाएको छ । विगत धेरै वर्षदेखि नेपाली मिडिया र विज्ञापन उद्योगहरुले नेपाल […]

विषादी परीक्षण गर्न तीन स्थान प्रयोगशाला

काठमाडौं । तरकारी तथा फलफूलको विषादी परीक्षणका लागि उच्च प्रविधियुक्त प्रयोगशाला निर्माणका लागि अर्थ मन्त्रालयले १५ करोड रुपैयाँ स्वीकृत गरेको छ । विराटनगर, हेटौंडा, भैरहवा गरी तीन स्थानमा प्रयोगशाला निर्माण गर्न कृषि तथा पशुपन्क्षी विकास मन्त्रालयले उक्त रकम माग गरेको थियो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले गएको असार २ गते मन्त्रालयले गएको असार २ […]

मेडिकल कलेजद्वारा झन्डै ३ अर्ब गैरकानुनी असुली

काठमाडौं । प्रधानमन्त्री मातहत रहेको राष्ट्रिय सतर्कता केन्द्रले १२ वटा मेडिकल कलेजले एमबीबीएस र बीडीएसको पढाइका नाममा २ अर्ब ८५ करोड रुपैयाँ गैरकानुनी रुपमा अतिरिक्त शुल्क असुली गरेको ठहर गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहत रहेको गुनासो व्यवस्थापन प्रणाली ‘हेलो सरकार’ मा मेडिकल कलेजहरुले विद्यार्थी र अभिभावकबाट अतिरिक्त शुल्कका नाममा गैरकानुनी रुपमा रकम […]

बहुउपयोगी बन्दै बायोग्यास

काठमाडौं । नगरको फोहोर गाईबस्तुको मललगायतका वस्तुबाट ग्यास उत्पादन गरी सिलिन्डर र पाइपबाटै बजार टोलमा बायोग्यास र कृषकलाई प्राङ्गारिक मल पुराउने लक्ष्यसाथ देशभर निर्माण थालिएका एक दर्जन ठूला बायोग्यास प्लान्ट निर्माणको अन्तिम चरणमा पुगेका छन् । कतिपयले त उत्पादनसमेत थालिसकेका छन् । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र र विश्व बैङ्कको आर्थिक सहायतामा देशभर साढे चार सयभन्दा […]