फिट भए नेयमार

एजेन्सी । ब्राजिलियन सुपरस्टार नेयमारले आफु खेल्नका लागि पूर्ण रुपमा फिट भएको बताएका छन् । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) का महत्त्वपूर्ण खेलाडी नेयमारले अर्को साता हुने च्याम्पियन्स लिग फुटबलमा रियल म्याड्रिडविरुद्व मैदानमा उत्रने पनि बताए । पछिल्लो समय चोटका कारण मैदानमा भन्दा बाहिर बढी समय बिताएका नेयमारलाई पीएसजीले च्याम्पियन्स लिग नै जित्ने लक्ष्यका […]

टोटनह्यामद्वारा पोचेटिन्हो बर्खास्त, मोरिन्हो आउने चर्चा

एजेन्सी । एजेन्सी । प्रिमियर लिग क्लब टोटनह्याम हटस्पर्सले माउरिसियो पोचेटिन्होलाई म्यानेजर पदबाट बर्खास्त गरेको छ । यो सिजन खराब सुरुवात गरेपछि पाँच वर्ष क्लबमा बिताएका ४७ वर्षीय पोचेटिन्होलाई क्लबले बर्खास्त गरेको हो । स्पर्स अहिले लिगको १४ औँ स्थानमा सिमित रहेको छ । सन् २०१४ को मेमा क्लबको म्यानेजरमा नियुक्त भएका पोचेटिन्होले क्लबलाई गत […]

रोनाल्डोको ९९औं गोल, पोर्चुगल युरोकपमा छनोट

एजेन्सी । सुपरस्टार फरवार्ड क्रिष्टियानो रोनाल्डोको ९९औं अन्तर्राष्ट्रिय गोलसँगै डिफेन्डिङ च्याम्पियन पोर्चुगलले युरोकपमा स्थान बनाएको छ । युरोकपमा स्थान बनाउन जित्नै पर्ने खेलमा पोर्चुगलले घरेलु टोली लक्जेमवर्गलाई २–० ले पराजित गर्दै समूह ‘बी’ को उपाविजेताको रुपमा छनोट हुन सफल भएको हो । छनोटको नजिक रहेको सर्विया शीर्षस्थानको युक्रेनसँग २–२ गोलको बराबरीमा रोकिएपछि पोर्चुगलको छनोट जीवित […]

बेल्जियमको सहज जित

एजेन्सी । कप्तान इडेन हजार्डको दुई गोल सहयोगमा बेल्जियमले युरोकप आफ्नो अपराजित यात्रालाई कायमै राखेका छन् । शनिबार राति भएको खेलमा बेल्जियमले रसियालाई ४–१ को फराकिलो गोल अन्तरले पराजित गरेको हो । थोर्गन हजार्ड र रोमेलु लुकाकुले गोल थपे । सेन्ट पिटर्सवर्ग स्टेडियममा भएको खेलको १९औं मिनेटमा थोगर्न हजार्डको गोलबाट खेलमा अघि बढेको थियो । […]

दीपेश र विष्णुको विजयी सुरुआत

काठमाडौं । बुधबारबाट सुरु भएको योनेक्स सनराईज नेपाल अन्तर्राष्ट्रिय च्यालेञ्जमा नेपालका दीपेश धामी र विष्णु कटुवालले विजयी सुरुआत गरेका छन् । नेपाल ब्याडमिन्टन संघको आयोजनामा पहिलोपटक संचालन भएको च्यालेन्जमा दीपेशले भारतका दीपक शर्मामाथि २१–१०, २१–१६ को जित निकाल्दै दोस्रो चरणमा प्रवेश गरेका हुन् । विष्णुले भुटानका निदुप दोर्जीलाई पराजित गर्दै दोस्रो चरणमा स्थान बनाए । […]

पन्ध्र वर्षीय शेफाली वर्माले सचिन तेन्दुलकरको कीर्तिमान तोडिन्

काठमाडौं । भारतका लागि अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा कम उमेरमा ५० रन बनाउने कीर्तिमान बनाएकी १५ वर्षीय किशोरीले त्यसको भोलिपल्ट पुनः उक्त सफलता दोहोर्‍याएकी छन्। शनिवार शेफाली वर्माले वेस्ट इन्डिज विरुद्धको टी–२० क्रिकेट खेलमा ४९ बलमा ७३ रन बनाएर सचिन तेन्दुलकरको कीर्तिमान तोडेकी थिइन्। पाँच खेलको श्रृङ्खलाको दोस्रो खेलमा आइतवार उनले ३५ बलमा ६९ रन बनाउँदै […]

सिटीलाई हराउँदै लिभरपुललाई आठ अंकको अग्रता

एजेन्सी । मर्सिसाइड क्लब लिभरपुलले इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीलाई सहजै पराजित गरेको छ । घरेलु मैदानमा लिभरपुलले सिटीलाई ३–१ को गोल अन्तरमा पराजित गरेको हो । सिटीमाथिको सहज जितसँगै लिभरपुलले अंक तालिकामा ८ अंकको स्पष्ट अग्रता बनाएको छ । प्रिमियर लिगमा अपराजित रहेको लिभरपुलले १२ खेलबाट ३४ अंक जोडेको छ । दोस्रो स्थानको […]

सब्सटिट्युट गरिँदा रोनाल्डो रुष्ट

एजेन्सी । आइतबार एसी मिलानलाई १–० गोल अन्तरले पराजित गर्दै युभेन्टस इटालियन लिगको शीर्ष स्थानमा कायम रहन सफल भएको छ । स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोको स्थानमा मैदानमा प्रवेश गरेका पाउलो डिबालाले खेलको ७७ औँ मिनेटमा युभेन्टसका लागि निर्णायक गोल गरेका थिए । यता, आफूलाई सब्सटिट्युट गरिँदा रोनाल्डो प्रशिक्षक माउरिजियो सारीसँग रुष्ट देखिएका थिए । उनी […]

८ गोल, दुई रातो कार्ड, खेल बराबरी

एजेन्सी । ८ गोल र दुई रातो भएको च्याम्पियन्स लिगको रोमाञ्चक र तनावपुर्ण खेलमा इंग्लिस क्लब चेल्सी र डच क्लब आयाक्सले ४–४ गोलको बराबरी खेलेको छ । चेल्सीले घरेलु मैदानमा ९ खेलाडीमा समेटिएको आयाक्ससँग ४–१ ले पछि परेको स्थिति उल्ट्याएर बराबरीमा रोक्न सफल भएको हो । स्टामफोर्ड ब्रिजमा खेलको दोस्रो मिनेटमा नै टम्मी अब्राहमको आत्मघाती […]

भारतमाथि बंगलादेशको कीर्तिमानी जित

एजेन्सी । विकेटकीपर मुश्फिकुर रहिमले उत्कृष्ट अर्धशतक प्रहार गरेपछि बंगलादेशले तीन टि ट्वान्टी सिरिज अन्तर्गत पहिलो खेलमा भारतमाथि सानदार जित निकालेको छ । बंगलादेशले भारतलाई ७ विकेटले हराएको हो । टि-२० अन्तर्राष्ट्रिय इतिहासमा नै बंगलादेशले भारतलाई पहिलो पटक पराजित गरेको हो । जितका लागि १ सय ४९ रनको लक्ष्य पछ्याएको बंगलादेशले १९.३ ओभरमा ३ विकेट […]