दैलेखमा पेट्रोलियम अन्वेषण चार सर्भे एकैपटक

काठमाडौं । दैलेखकोे शिरिस्थान र नाभिस्थानलगायतका क्षेत्रमा पेट्रोलियम पदार्थको अन्वेषण गर्न दैलेख आएको चिनियाँ प्राविधिक टोलीले एकैपटक चारवटा सर्भे सुरु गर्ने भएको छ । नेपाल सरकार र चीन सरकारबीच भएको सम्झौताअनुसार दैलेखमा रहेको पेट्रोलियम पदार्थको अन्वेषणका लागि गर्नुपर्ने चारवटा सर्भे एकैपटक गर्न लागिएको हो । खानी तथा भूगर्भ विभागका भूगर्भविद् दिनेश त्रिपाठीका अनुसार चिनियाँ प्राविधिक […]

यी हुन् विश्वकै महँगा पाँच रक्सी

  एजेन्सी । रक्सी पिउनु स्वास्थ्यका लागि हानिकार मानिन्छ । यसका बाबजुद विश्वका प्रशस्त मानिस रक्सी पिउने गर्छन् प्रतिबन्ध र सजायको डरले केही व्यक्ति लुकेर पिउने गर्छन् भने केही खुलेआम पिउँछन् । रक्सीको मूल्य पिउने मानिसको हैसियतअनुसार पनि निर्धारण हुन्छ । ठूला–ठूला दिग्गज आफ्नो पाहुनालाई महँगो रक्सीले स्वागत गर्छन् ताकि उनीहरुको रवाफ बढोस् । विश्वमा […]

अमेरिकामा अध्ययनरत नेपाली विद्यार्थीको संख्या विश्वमा १३ औं, चीन पहिलो

काठमाडौं । अमेरिकामा अध्ययन गर्ने विदेशी विद्यार्थीको मामिलामा नेपाल १२ औं स्थानमा रहेको छ । अमेरिकामा १३ हजार २ सय २९ जना नेपाली विद्यार्थी अध्ययनरत रहेको तथ्य सार्वजनिक भएको छ । अमेरिकी सरकारको विदेश मन्त्रालयको सहयोगमा इन्स्टिच्युट अफ इन्टरनेसनल एजुकेसनले सार्वजनिक गरेको प्रतिवेदनमा अमेरिकामा शैक्षिक वर्ष २०१८–२०१९ मा अध्ययनरत नेपाली विद्यार्थीको विवरण समावेश गरिएको छ […]

काण्ड उही, त्यता मात्रै शंकाको सुई !

काठमाडौं । मुद्दा उस्तै–उस्तै हुन्, तर व्यवहार फरक–फरक १ निर्मला पन्तको बलात्कारपछि हत्या भयो । समातिएको मान्छे पनि छुटेका छन्, मानसिक सन्तुलन गुमाएको र डिएनए नमिलेको नाममा । त्यसबारे जाहेरीमाथि जाहेरी परेको परेकै छ । निर्मलाकी आमाले पनि तीन महिनाअघि दिलिपसिंह विष्टकै नाममा अर्को किटानी जाहेरी दिएकी थिइन् । करीब–करीब पत्ता लागिसकेको छ, दोषी को […]

प्रधानमन्त्रीलाई मृगौला दिने बुहारी पनि पीडामा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली १३ वर्षअघि भारतमा प्रत्यारोपित मृगौला फेर्न विदेश जाने तयारीमा छन् । तर, उनको आफ्नो मृगौला दिने उपकारी बुहारीका बाबुको व्यथा बेग्लै छ । आफ्नो मृगौला दिने भाइबुहारीका पिताजी अहिले आफै सोही समस्याबाट ग्रस्त बनेका छन् । नाम हो, ध्रुव घिमिरे, चितवनका पुराना एमाले नेता । प्रधानमन्त्रीका भाइ ताराकी पत्नी […]

भारतीय सीमा सुरक्षा बलका महानिर्देशक पोखरामा

काठमाडौं । नेपाल भारतबीच सीमा विवाद भइरहेका बेला आजदेखि पोखरामा दुई देशबीच सीमा सुरक्षा बैठक सुरु हुँदैछ । उक्त बैठकमा सहभागी हुन भारतीय सीमा सुरक्षा बलका महानिर्देशक कुमार राजेश चन्द्र मंगलबार नेपाल आएका छन् । हरेक वर्ष नियमितरुपमा हुँदै आएको उक्त बैठक यसपटक नेपालमा हुन लागेको हो । अघिल्लो बैठक भारतको राजधानी नयाँ दिल्लीमा भएको […]

विदेशको विज्ञता स्वदेशमा उच्च आकर्षण, कार्यविधि नहुँदा समेट्न अन्योल

काठमाडौं । विदेशमा रहेका नेपाली विज्ञको सीप, ज्ञान र दक्षता स्वदेशको समृद्धिका लागि उपयोग गर्ने उद्देश्यसहित परराष्ट्र मन्त्रालयले स्थापना गरेको ‘ब्रेन गेन’ सेन्टरमा त्यस्ता नेपाली जोडिने क्रम बढेको छ । गएको वैशाखमा औपचारिक रूपमा स्थापना भएको ब्रेन गेन सेन्टरमा विदेशमा अनुभव सँगालेका नेपालीलाई सूचीकृत हुन आह्वान गरिएको थियो । परराष्ट्र मन्त्रालयको आह्वानअनुसार विदेशमा अनुभव सँगालेका […]

त्रिवि सेवा आयोगको परीक्षा बहिस्कार

काठमाडौं । ललितपुर । त्रिवि सेवा आयोगको उपप्राध्यापक पदमा मङ्गलबार भएको लिखित परीक्षा परीक्षार्थीहरुले बहिस्कार गरेका छन् । कम्प्युटर विज्ञान दोस्रो खण्डको विषयगत परीक्षाको प्रश्नपत्र त्रिवि सेवा आयोगद्वारा संशोधित पाठ्यक्रमको ढाँचा अनुरुप नभएको भन्दै विद्यार्थीहरुले परीक्षा बहिस्कार गरेका हुन् । ललितपुरको पुल्चोकस्थित इन्जिनियरिङ क्याम्पस केन्द्रका परीक्षार्थीले प्रश्नपत्र गैरविषयको समेटिएको भन्दै बहिस्कार गरेका हुन् । कम्प्युटर […]

काठमाडौं महानगरले चार दिनमात्रै फोहोर उठाउने

काठमाडौं । काठमाडौं महानगरपालिकाले हप्ताको चार दिन मात्रै फोहोर उठाउने तयारी गरेको छ। नकुहिने फोहोरको घरमै व्यवस्थापन गर्नुपर्ने बाध्यकारी व्यवस्था लागू गरी कुहिने फोहोर संकलन गर्न लागेको हो। यसअघि १२, १८ र २१ वडामा शुरू गरिएको उक्त योजना अब सबै वडामा लागू गर्न लागिएको कामनपाका वातावरण व्यवस्थापन महाशाखा प्रमुख निर्मलराज बरालले बताए । उहाँका अनुसार […]

लालपुर्जा नेपालीसँग जग्गामा भारतीय हैकम

काठमाडौं । नवलपरासीस्थित सुस्तावासीले भारतीय अतिक्रमणको पीडा भोग्न थालेको चार दशक भएको र भारतीयले अतिक्रमण गरी बस्ती नै बसाल्न थालेपछि फराकिलो सुस्ता साँघुरिएको छ । हडप्न नसकेको कयौं बिघा जमिन विवादित भन्दै भारतीय सीमा सुरक्षा बल एसएसबीले जोतभोग गर्न नदिएकोले लालपुर्जा बाकसमा थन्किएको समाचारमा लेखिएको छ । नागरिकका अनुसार नारायणी नदीपारी रहेको सूस्ता गाउँपालिका (५ […]