मरेको कुखुराको मासु खाँदा किशोरीको मृत्यु, अन्य ९ बिरामी

बैतडीं । मरेको कुखुराको मासु खाँदा बैतडीमा मंगलबार एक किशोरको मृत्यु भएको छ । मृत्यु हुनेमा पुर्चौंडी नगरपालिका–२ जरसौंका १५ वर्षीया पुष्ष पार्की रहेकी छिन् । मरेको कुखुराको मासु खाँदा एकै परिवारका अन्य ९ जना बिरामी भएका छन् । शनिबार साँँझ मरेको कुखुराको मासु घरपरिवारका सबै सदस्यले खाएको र आइतबारदेखि बिरामी परेका स्थानीय केशव पन्तले […]

मदिराको लतले स्वास्थ्यमा पार्ने गम्भीर असरहरु

काठमाडौं । फिजिसियन डा। रवीन्द्र पाण्डेले मदिराको अत्यधिक प्रयोगले कलेजो, आन्द्रा, मिर्गौला, स्नायु प्रणालीमा असर पर्ने बताए । मोटो शरीर भएका व्यक्तिले धेरै मदिरा सेवन गरेमा कोलेस्टोरलको मात्रा बढेर हृदयाघात हुने बताउँदै डा। पाण्डेले आँखाको शक्ति पनि कमजोर हुने बताए । मदिरा प्रयोग गरिरहेको मान्छेले झट्टै छोड्दा हात काम्ने, आँखाले नदेख्नेजस्ता समस्या आउने हुनाले यसलाई […]

तुइन विस्थापन योजना अझै एक वर्ष पूरा नहुने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको तुइन विस्थापन गर्ने योजना चालू आर्थिक वर्षमा पनि सम्पन्न नहुने देखिएको छ । हाल विस्थापन हुन बाँकी १८ तुइनमा झोलुंगे पुल निर्माण यही आर्थिक वर्षमा पूरा नहुने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गतको स्थानीइ पूर्वाधार विभागले बताएको छ । प्रधानमन्त्री ओलीले २०७२ असोज २५ गते पहिलोपटक प्रधानमन्त्री हुँदा दुई […]

बालबालिकामा देखिने बेग्लै खालको मानसिक समस्या ‘मुड स्विङ’ ?

काठमाडौं । तपाईंले आफ्ना बच्चाको व्यवहारमा फरक पाउनुभएको छ रु छ भने सावधान हुनुहोस्, उनीहरूलाई बेग्लै खालको मानसिक समस्या पनि हुनसक्छ । त्यसलाई मनस्थिति परिवर्तन अर्थात् ‘मुड स्विङ’ भनिन्छ । विज्ञहरूका अनुसार यो बच्चाको मानसिकतासँग जोडिएको समस्या हो । अभिभावकलाई आफ्नो बच्चाको यस्तो मनोवृत्तिबारे थाहा छ तर के भएको, उपचार के छ रु यसबारे भने […]

निःशुल्क पार्किङस्थल बन्दै विश्वसम्पदा क्षेत्र

काठमाडौं । विश्वसम्पदा सूचीमा रहेको ऐतिहासिक तथा पुरातात्विक वसन्तपुर–हनुमानढोका दरबार क्षेत्र सर्वसाधारणका लागि पार्किङस्थल बन्नुका साथै सवारी आवागमनले कोलाहल बढेको । प्रत्येक साँझ ५ बजे कार्यालय समयपछि सवारी साधनको बाक्लो पार्किङ हुने गरेको छ भने वसन्तपुर वरपर आवागमन पनि बाक्लै हुने गरेको छ । काठमाडौँ महानगरपालिका हनुमानढोका दरबार क्षेत्र कार्यालयले यसअघि दरबार क्षेत्र परिसरमा सञ्चालित […]

तीन लाखमा मिर्गौला !

काठमाडौं । काभ्रेभका आइते मगर ९परिवर्तित नाम० केही महिनायता सधैंजसो मदिराको नशामा भेटिन्थे । खल्तीमा अलिकति पैसा भयो कि कामै छाडेर भट्टी पसिहाल्थे । कहिले गलैंचा त कहिले गाडीमा खलासी बस्थे । गलैंचा कारखानामै चिनेका राजुले असार पहिलो साता उनलाई रत्नपार्कमा बोलाए । ‘मलाई चिनेको एउटा मानिसलाई मिर्गौला चाहिएको छ,’ राजुले मगर ९अदालतमा पेस भएको […]

नारायणी नदीमा हाम फाल्नेको संख्या ५ पुग्यो

काठमाडौं । कात्तिक १० गते काग तिहारको रौनक उत्कर्षमा थियो । साढे ४ बजेतिर नारायणी पुलबाट दुईजना व्यक्ति नदीमा हाम फालेको खबर फैलियो । वडा प्रहरी कार्यालय नारायणगढका प्रहरी निरीक्षक रविनबाबु रेग्मीका अनुसार पुलबाट हामफाल्ने ३० ३५ वर्षका ब्यक्तिमात्रे मृत फेला परे । अर्का अझै बेपत्ता छन् । सँगै हामफालेका ब्यक्तिहरु बाबुछोरा भएको स्थानीयको अनुमान […]

नेताहरुलाई बोकाइयो पानीको डोको

काठमाडौं ।, गाउँमा खानेपानी बिकराल रहेको विषय उक्त गाउँमा यसअघि नपुगेका नेताहरुलाई के थाहा रु तर, जब उनीहरु अर्कै कार्यक्रमका लागि ‘भीआईपी’ बनेर गाउँ पुगे, तब मात्र उनीहरुलाई थाहा भयो कि त्यहाँ पानीको साँच्चै समस्या रहेछ भन्ने कुरा । गाउँलेहरुले नवनिर्मित विद्यालय हस्तान्तरण गर्न त्यहाँ पुगेका जनप्रतिनिधिसमेतलाई आफ्नो समस्याबारे व्यावहारिक रुपमा बोध गराउन नयाँ तरिका […]

अनसनको तेस्रो दिनमै डा. केसीको स्वास्थ्यमा समस्या

डडेलधुरा । १७ औं अनशन बसेको तेस्रो दिनमै डा.गोविन्द केसीको स्वास्थ्यमा समस्या देखिन थालेको चिकित्सकहरुले बताएका छन् । अत्यधिक चिसो ठाउँमा अनशन सुरु गरेका डा. केसीको रक्तचाप निकै कम हुादा रिंगटा लाग्ने समस्या सुरु भएको हो । ‘डडेलधुरा अस्पताल रोडको एउटा कोठामा अनशन बसेका डा। केसीको स्वास्थ्यमा समस्या देखिन सुरु भएको छ,’ डडेलधुरा अस्पतालका प्रमुख […]

छात्रालाई अब प्याड निःशुल्क

काठमाडौं । सरकारले सामुदायिक विद्यालयका छात्रालाई निःशुल्क स्यानिटरी प्याड उपलब्ध गराउने भएको छ । महिनावारीमा पनि छात्राहरुको पठनपाठन सहज बनाउन ७ सय ५३ वटै स्थानीय तहबाट प्याड वितरण गर्न लागिएको हो । कक्षा ६ देखि १२ सम्मका छात्रालाई आगामी मंसिरदेखि प्याड उपल्बध गराइने शिक्षा मन्त्रालयले जनाएको छ । मुलुकभरका सामुदायिक विद्यालयमा कक्षा ६ देखि १२ […]