सन्की स्वभावले अपजस

काठमाडौं । अघिल्लोपटक मन्त्री हुँदा स्थानीय विकास अधिकारीलाई शौचालयमा थुनेर चर्चामा आउनुभएका निवर्तमान मन्त्री मातृका यादवको दोस्रो कार्यकाल अपजसकै बिचमा समापन भएको छ । यादवमा उद्योग वाणिज्य क्षेत्रको ज्ञानको कमी र सन्की स्वभावको कारण यादव लोकप्रीय बन्न सक्नुभएन । यादवको कार्यक्षेत्रमा प्रधानमन्त्री ओली स्वयंको टसल परेपछि असन्तुष्टि बढ्दै आएको थियो । यादवले व्यापारी तथा उद्योगीसँग […]

रुसी राष्ट्रपति पुटिन नेपाल आउँदै

काठमाडौं । छिमेकी मुलुक चीनका राष्ट्रपति सी जिङ पिङले नेपाल भ्रमण गरेको प्रसङ्ग सेलाउन नपाउँदै अर्को शक्तिशाली मुलुक रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले नेपाल भ्रमण गर्ने भएका छन् । पुस दोस्रो साता ९आगामी डिसेम्बर अन्तिम साता० पुटिनले नेपाल भ्रमण गर्ने तयारी अघि बढेको छ । ‘राष्ट्रपति पुटिनले तीनदिने नेपाल भ्रमणको कुरा भइरहेको छ, मिति तय भइसकेको […]

नवनियुक्त ६ मन्त्री र ३ राज्यमन्त्रीको आज सपथग्रहण

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको मन्त्रिमण्डल पुनर्गठनमा अटाएका ९ नयाँ मन्त्री तथा राज्यमन्त्रीको बिहीबार सपथग्रहण हुँदैछ । राष्ट्रपति कार्यालयका सञ्चार विज्ञ माधव शर्माले बिहान ११ बजेका लागि सपथ ग्रहणको कार्यक्रम तय भएको जानकारी दिए । केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्मा ६ मन्त्री र ३ राज्यमन्त्री गरी ९ जना नयाँ […]

ओलीलाई सरकार, प्रचण्डलाई पार्टी, भूसाललाई मन्त्री

काठमाडौं । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले अप्रत्याशित रुपमा दुई महत्वपूर्ण निर्णय गरेका थिए । बुधबार मध्यान्ह बसेको पार्टीको सचिवालय बैठकमा अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई कार्यकारी अधिकारसहित पार्टी सञ्चालनको जिम्मा दिन तयार भएका ओलीले पार्टीभित्र सधैं प्रतिपक्षको भूमिकामा रहेको विश्लेषण गरिने नेता घनश्याम भूसाललाई आफ्नो मन्त्रिमण्डलमा समेट्ेका छन् […]

मन्त्रिबारे टुंगो लगाउन नेकपा सचिवालय बैठक बोलाइयो

काठमाडौं । नयाँ मन्त्री चयनबारे छलफल गर्न नेकपा सचिवालय बैठक बुधबार बिहान बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहान बैठक बोलाइएको नेकपा कार्यालय सचिव ईश्वरी रिजालले जानकारी दिए । बैठकमा एकता बाँकी काम पूरा गर्ने विषयमा पनि छलफल हुनेछ । एकताको अधिकांश काम सकिए पनि केही कमिटीको मात्र बाँकी रहेका छन् । पार्टी एकता भएको डेढ […]

‘मन्त्रिपरिषद् पुनर्गठन गर्दैछु चित्त नदुखाउनुहोला’

काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले आज (बुधबार) मन्त्रिपरिषद् पुनर्गठनको तयारी गरेका छन् । पुनर्गठन तयारीबारे प्रधानमन्त्रीले मंगलबारको मन्त्रिपरिषद् बैठकमा औपचारीक जानकारी गराएका हुन् । केही पुराना मन्त्रीलाई बिदा दिएर नयाँ समेटेर मन्त्रिपरिषद् पुनर्गठनको तयारी गर्नुभएका प्रधानमन्त्रीले मंगलबारको मन्त्रिपरिषद् बैठकमा मन्त्रीहरुलाई भनेका छन् , ‘तपाईहरु चित्त नदुखाउनुहोला, म मन्त्रिपरिषद् हेरफेर गर्दैछु । कोही पर्नुहोला, कोही […]

सचिवालय परिवर्तनको हल्ला, निमुखा मात्र घानमा

काठमाडौं । सरकार संचालनको २० महिना हुँदा पनि जनताका अपेक्षाअनुसार काम हुन नसकिरहेका बेला गत साता बालुवाटारबाट खबर बाहिरियो, ‘सरकारलाई गतिशील बनाउन प्रधानमन्त्री केपी शर्मा ओलीले सचिवालयको सिंगो टिमलाई राजीनामा गराउँदैछन् । केही दिनभित्रै मन्त्रिपरिषद्समेत ब्यापक हेरफेर गर्दैछन् ।’ पहिलोपटक प्रधानमन्त्री हुँदा ९ महिनामै वाहवाही कमाएका ओलीको दोस्रो प्रधानमन्त्रीत्वकाल निराशजनक बन्दै थियो । यस्तोमा उनको […]

हटाइने भनेका मन्त्री ‘ढुक्क’

काठमाडौं । मन्त्रिपरिषद् पुनर्गठन हुने समाचार अझै पुष्टि हुनसकेन । प्रधानमन्त्री केपी शर्मा ओलीले हटाउने भनिएका मन्त्रीहरुले नै ‘हामी निरन्तरता पाउनेमा ढुक्क छौं’ भनेपछि ‘पुनर्गठन’ अझ रहस्यमय बनेको छ । एक सातादेखि प्रधानमन्त्री ओलीले मन्त्रीमण्डल पुनर्गठन गर्ने चर्चा शुरु भए पनि त्यो कार्यान्वयनको तहसम्म पुगेको छैन । नेकपा नेतृत्वको सरकार गठन भएको डेढ वर्ष पुग्दासमेत […]

स्थानीय निर्वाचनको उत्साह : ४८ पद २८१ उम्मेदवारी

काठमाडौं । आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि कात्तिक २० गते नै सम्बन्धित स्थानमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भइसकेका छन् । जिल्लाहरुमा मुख्य निर्वाचन अधिकृतको कार्यालयमा बुधबार बिहान १० बजेदेखि अपरान्ह १ बजेसम्म उम्मेदवारहरुले उत्साहपूर्वक मनोनयन दर्ता गरेका छन् । समाचार अनुसार स्थानीय तहमा उपमहानगरपालिका प्रमुख एक, गाउँपालिकाका अध्यक्ष तीन, उपाध्यक्ष एक र […]

शङ्का लागेपछि टिम नै बिदा गरे ओलीले

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सचिवालय र सल्लाहकार टिममा आमूल परिवर्तन ल्याउन लागेका छन् । आफ्नो वरिपरि केही विदेशी सुरकीहरु रहेको सूचना प्राप्त गरेपछि प्रधानमन्त्रीले सचिवालय र सल्लाहकार बदल्ने निर्णय लिएको बुझिएको छ । विशेषगरी पश्चिमा मुलुकका सुराकीहरु ज्यादा रहेको महसूस प्रधानमन्त्रीले गरेको बताइन्छ । गत भदौमा चिनियाँ विदेशमन्त्री वाङको नेपाल आगमनसँगै ओलीले […]