भरतपुरमा एमाले कार्यकर्ता पक्राउ, रिहा नगरेसम्म मतगणना नहुने

banner

bharatpur_l36rcvrbwa

चितवन । नेकपा एमालेका कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएपछि भरतपुर महानगरपालिकाको मतगणना अवरुद्ध बनेको छ । सोमबार दिउँसो वडा नम्बर २७ को मतपेटिका जाँचका लागि पुगेका एमालेका प्रतिनिधि फर्किने क्रममा एकाएक मतगणना स्थलमा प्रवेश गरेपछि प्रहरीले उनलाई पक्राउ गरेको थियो ।

उनलाई पक्राउ परेको विषयमा एमालेका कार्यकर्ताले विरोध गर्दै उनलाई रिहा नगरेसम्म मतगणना हुन नसक्ने अडान लिएका छन् । मतगणना स्थलमा तोकिएको अधिकारीबाहेक प्रवेश निषेध गरिएको छ । तर ती प्रतिनिधि अनाधिकृत रुपमा प्रवेश गरेपछि प्रहरीले तत्काल नियन्त्रणमा लिएको हो ।

अहिले पक्राउ परेकालाई नछाडेसम्म मतगणना गर्न नदिने अडानमा एमाले रहेको जनाइएको छ । भरतपुरको मतगणना अन्तिम चरणमा पुगेको छ भने माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले अग्रता फराकिलो बनाएकी छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार