मिस्टर एण्ड मिस सुपरनेशनल २०२२को उपाधि सनिस र केशुलाई

कला/साहित्य

sanis-kesu_humxw0gqap

काठमाडौं । ‘मिस्टर एण्ड मिस सुपरनेशनल २०२२’ को उपाधि सनिस श्रेष्ठ र केशु खड्काले जितेका छन् । आइतबार अबेर साँझ सोल्टी होटलमा आयोजित फाइनल स्पर्धामा श्रेष्ठले मिस्टर र खड्काले मिस तर्फको शीर्ष उपाधि हात परेका हुन् । विजेता दुबैले ७ लाख बराबरको पुरस्कार राशी र विभिन्न गिफ्ट हात पारेका हुन् ।

सनुर्वी इन्टरनेशनल प्रालिको प्रस्तुति सनुर्वी फाइनरी मिस्टर एण्ड मिस सुपरनेशनल प्रतियोगिता ग्लोबल स्कुल अफ साइन्स र रिजभोल कस्मेटिकको प्रायोजन रहेको प्रतियोगिताको विजेता श्रेष्ठ र खड्काले जुलाईमा पोल्याण्डमा आयोजना हुने मिस्टर र मिस सुप्रानेसनलमा नेपालको प्रतिनिधित्व गर्नेछन् ।

एक भव्य समारोहका बीच आयोजित प्रतियोगितामा मानस कुमार राई र अदिति अधिकारी फष्ट रनर अप घोषित हुँदा अनिश कार्की र एरि तुलाधर सेकेन्ड रनर अफ हुन सफल भए । १०० बढी आवेदकको अडिसनबाट अन्तिस्पर्धाका लागि २० प्रतिस्पर्धी छानिएका थिए ।

छानिएका प्रतियोगीले फाइनल अगाडि फिटनेस राउण्ड, ट्यालेन्ट राउण्ड, स्विम वेयर राउण्ड र टप मोडल राउण्ड जस्ता विभिन्न राउन्डमा आफुलाई निखार्ने काम गरेका थिए । प्रतियोगिताको निर्णायकमा भरो भार्गोस (मिस्टर सुपरनेसनल २०२१), एन्टोनियो पोर्सिल्ड (मिस सुपरनेसनल २०१९) र आन्द्रे स्ले (मिस सुप्रानेसनल अर्गनाइजेसनका क्रिएटिभ डाइरेक्टर) डा.सन्तोष उपाध्याय राष्ट्रिय निर्देशक मिस्टर एण्ड मिस सुप्रानेसनल नेपाल, सोनना अमात्य , किशोर महर्जन रहेका थिए ।

इमेज टेलिभिजनबाट प्रसारण भएको विवेकसिंह ठकुरी र रुविष्का श्रेष्ठको सञ्चालन रहेको प्रतियोगिताको कोरियोग्राफी प्रशान्त ताम्राकारले गरेका थिए । कार्यक्रममा अन्तर्राष्ट्रिय क्षेत्रबाट निर्णायकको रुपमा सहभागीले नेपालमा स्तरीय प्रतियोगिता आयोजना भएकोमा खुसी ब्यक्त गरे । उनीहरुले आफुलाई राम्रो कार्यक्रमको आयोजना गर्ने अवसर दिएकोमा खुसी व्यक्त गर्दै सत्कार र हार्दिकताको पनि खुलेर प्रशंसा गरे ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार