कात्तिकको महिना घडिको सुइले ७ वजेको संकेत गरेको भए पनि झमक्कै रात परेको थियो । चिसो बढेको थियो । दिउँसै फर्कन सकिने भएकाले बाक्लो कपडा नलगाएको मलाई जाडोले छुन थालेको थियो । बस चढियो, दुई÷दुईको सिट भएको सो बसमा मसंगैको सिटमा छिमेकी भाउजु बसिन । मभन्दा उमेरमा लगभग १० वर्ष जेठी ती भाउजुले ओडने (बर्को) बोकेकी रहिछन् । त्यही ओड्ने उनले अगाडीबाट हामी दुवैलाई पुग्ने गरी ढाकिन । छिमेकी भाउजुले मलाई माया गरेर ओड्ने ओढाएकाले म दंग परेको थिएँ ।
बस गुड्न थालेसंगै भाउजुका हात सल्वलाउन थाले । माथिबाट आड्नेले घाँटीदेखि तल दुवैलाई ढाकेकाले उनको हात सल्वलाएको बसका अरुले देख्ने कुरा थिएन । उनले पहिले मेरो हातमै उनको हातले सुम्सुम्याइन् । आहो ! कति चिसोभन्दै एक÷दुई पटक सुम्सुम्याएर विस्तारै मेरो हात आफ्नो स्तनमा पुर्याइन । केहीपछि हात गलेर म तल झार्थेँ उनी फेरि समातेर स्तनमै पुर्याउँथिन् ।
त्यसपछि एकदिन मेरो घरमा दुइवटा बञ्चरोको खाँचो भो । एउटा त आफ्नै थियो अर्को माग्न उही छिमेकी भाउजुको घरमा पुगेँ । उनी घरमा एक्लै रहिछन् अरु मेलापात गएका । मैले वाहिरैबाट बञ्चरो दिन भनेँ, उनले आफू भान्छामा भएको र तरकारी डढ्न लागेकाले आफै भित्र आएर लैजान भनिन् । म भित्र पसेर बञ्चरो भएको घरको कुना छेउ के पुगेको थिएँ,े उनले बाजलेजस्तो मलाई झम्टिइन् । उमेरमा उनी मभन्दा निकै जेठी त थिइन ्नै ज्यान पनि मोटो बलियो । मलाई पछाडिबाट एक हातले च्याप्प समातेर अर्को हात मेरो गुप्ताङ्गमा । दिनको उज्यालो, ढोका खुल्लै कोही आइहाल्ने हो की ? भनेर डरले थर् थर् भएको म निकै बल गरेर उनको पञ्जाबाट उम्केँ ।
ती भाउजुको सामाजिक आवरणको कुरा गर्ने हो भने उनको यो क्रियाकलाप कसैले पत्याउने खालको थिएन । विहानै उठने उज्यालो हुँदा उनको नुहाइ–धुवाई सकिएको हुन्थ्यो । पुजा सकेर सासु–ससुरालाई क्रमैसंग ढोग गर्दै पतिको खुट्टा ढोगेर, पानी खानु उनको दैनिकी नै थियो । १५÷१५ दिनमा आउने सबै एकादशी नविराई ब्रत बस्ने । हरेक माघ महिनामा स्वस्थानीको ब्रत गर्ने । साच्चै भन्ने हो भने उनी बुहारी भएर भित्रिएकै वर्षदेखि हाम्रो गाउँमा ठूली एकादशी र स्वस्थानी ब्रतको साँगेमा जाग्राम बसेर रमाइलो गर्ने चलन सुरु भएको हो ।
जनजातिकी महिला यस्ती धार्मिक ! यीनले मलाई आफ्नै घरभित्र समातेकै अवस्थामा कसैले देखेको भए मेरोे अवस्था के हुने थियो ? मेरो कसले सुन्ने, कसले पत्याउने ? किनभने उनी महिला थिइन्, म पुरुष भएँ । त्यसमाथि उनी मेरो घर आएकी होइनन्, म नै उनकै घर गएको हुँ । कल्पना गर्छु, मेरा अभिभावकलेसमेत मेरा सफाई सुन्ने थिएनन् । मेरो रामधुलाई त निश्चितै थियो, म अहिले यो लेख्ने अवस्थामा हुन्थिन । आत्महत्या गर्नु वा सधैका लागि गाउँ छाड्नु मध्ये एउटा विकल्प रोज्नु पर्ने अवस्थामा हुन्थेँ । किनभने म पुरुष भएँ ।
यहाँ महिलाले भोगेका हिंसाका घटना बढाई चढाई प्रस्तुत हुन्छन्, तर पुरुषले उस्तै हिंसाको घटना सुनाए उ स्वयं दोषी ठहर्छ । माथिकै घटनामा पनि कतिपयले मलाई नै धिक्कार्न सक्छन् । मेरो पुरुषत्वमा प्रश्न उठाउन सक्छन् । मलाई नै लाछी, नपुंशक अनेक उपमा दिन सक्छन् । किनभने म यो समाजको ‘पुरुष’ प्रजातीको हुँ ।
केही वर्षअघि मेरो गाउँमा एउटा घटना भयो । छिमेकी एक पुरुषलाई रामधुलाई मात्र गरिएन, पाताकसेर, कालोमोसो दलेर, जुत्ताको माला लगाएर सिंगै गाउँ घुमाइयो । त्यतिले मात्र नपुगेर सारा गाउँलेको छलफलले ती पुरुषलाई भूईमा थुकेको आफ्नै थुक सार्वजनिकरुपमा चाट्न लगाइयो, कथित पीडित महिलाको खुट्टा ढोग्न लगाइयो र हात जोडेर सार्वजनिक माफी माग्न लगाइयो ।
घटना के थियो भने ती महिलाको पति थिएनन् । महिला प्रतिष्ठित घरानाकी थिइन् । ती महिला र ती पुरुषको सम्वन्धको चर्चा केही पहिलेदेखि गाईगुईँ थियो । सो दिन महिलाका ससुराले रातको समयमा ती पुरुषलाई बुहारीसँग बसेको देखेँ । कुरा यत्ति थियो । पुरुषकाअनुसार उनी ती महिलाले बोलाएरै गएका थिएँ । जब ससुराले देखेँ उनले पासा पल्टिन् । भनिन् रे ! ‘यो म कहाँ जवरजस्ती आएर बस्यो ।’
मैले भोगेका, देखेकोे माथि उल्लेखित घटना एउटा उदाहरण मात्र हो । यस्ता कैयौं घटना जीवनमा भाग्दै देख्दै आएका छौं । हो ! हाम्रो समाज पुरुषप्रधान छ । यहीकारण पुरुषलाई महिलाले गरेका हिंसा सार्वजनिक गरे हाँसोको पात्र बन्छ । लाछी, नामर्द ठहर्छ । सानैदेखि जिम्मेवारीका कथा सुनाइन्छ, आजिवन त्यही जिम्मेवारीको बोझमा थिचिन्छ, पीडाले छटपटाउँछ, तर देखाउन पाउँदैन । उसले पीडा, जलन सहनै पर्छ, खप्नै पर्छ, गुनासो गर्न, रुन, आँशु झार्न उसलाई छुट छैन । किनभने यो पुरुषप्रधान समाज हो, यहाँ कथेरसमेत विलौना गर्ने, भएको–नभएको हिंसाको कथा बुनेर दोष पुरुषमाथि थोपर्ने वातावरण महिलाको मात्र छ । पुरुषप्रधान समाज हो, त्यसैले पुरुषले सहनु पर्छ, खप्नु पर्छ, चुँसम्म नगरी चुपचाप !