भाजपाको निम्तोमा प्रचण्ड शुक्रबार भारत जाँदै

banner

prachanda

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्ड भारत भ्रमणमा जाने भएका छन् ।

सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) को निम्तोमा प्रचण्ड शुक्रबार दिल्ली जान लागेको उनको सचिवालयले जनाएको छ । सचिवालयका अनुसार प्रचण्ड भाजपाले आयोजना गरेको शिखर सम्मेलनमा सहभागी हुने छन् ।

अन्य कार्यक्रमबारे भने सचिवालयले जानकारी दिएको छैन । तर, भ्रमणका क्रममा उनले उच्चस्तरीय भेटवार्ता गर्नेछन् । स्रोतका अनुसार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लगायतका नेताहरूसँग भेट गर्नेछन् ।

अहिले सत्तारुढ दल नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणा पनि भारत भ्रमणमै रहेकी छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार