मधेशमा आज जुडशीतल र चैते छठ पर्व मनाईदै, सार्वजनिक बिदा

banner

महोत्तरी, २ वैशाख । मधेशमा आज दुई पर्व एकैदिन परेको छ । जुडशीतल र चैते छठ पर्व एकै दिन परेकाले मधेश प्रदेश सरकारले आज आइतबार सार्वजनिक बिदा दिएको छ । चैते छठ तिथिअनुसार मनाइने पर्व हो भने जुडशीतल मिति अनुसार मनाइन्छ । अर्थात एउटा पर्व चन्द्रमानअनुसार हो भने अर्को सौर्यमानअनुसार ।

वर्षभरि शीतलता, सुख, समृद्धि, शान्ति, दीर्घायु एवम् उत्तरोत्तर प्रगति होस् भन्ने कामना गर्दै अग्रज एवं मान्यजनले आफूभन्दा सानालाई शिर (टाउको)मा जल थपथपाएर आशीर्वाद दिने चलन छ । विशेष गरी आज खेतबारीमा पनि पानी हाल्ने गरिन्छ । सूर्यको तापले पानी खोजिरहेका मानवलगायत बिरुवालाई शीतलता प्रदान गर्नु यस पर्वको मूल उद्देश्य भएको संस्कृतिविद्हरू बताउँछन् ।

यसैगरी आजै चैती छठ परेको छ । चैती छठ चैत्र शुक्ल षष्ठी तिथिमा मनाइने पर्व हो । आज जलासय (नदी, पोखरी, ताल आद)ि मा गएर साँझ अस्ताउदो सूयृलाई अर्घका साथै फलफूल, प्रसाद चढाइन्छ र भोली अर्थात चैत्र शुक्ल सप्तमीका दिन उदाउदों सूर्यलाई त्यसेगर िअर्घ दिएपछि यो पर्व समापन हुन्छ । छठ पर्वको ब्रतले छालाजन्य रोगबाट निजात पाइने विश्वास गरिन्छ ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार