एजेन्सी ३ वैशाख । पश्चिम एसियामा इजरायल र प्यालेस्टिन चरमपन्थी समूह हमासबीचको युद्ध जारी रहेकै बेला अर्को युद्धको संघारमा पुगेको छ । इरान र इजरायल आमने–सामने भएका छन् । इरानले आइतबार बिहान इजरायलमाथि ड्रोन र क्रुज मिसाइल प्रहार गरेपछि पश्चिम एसिया भयंकर युद्धको सङ्घारमा पुगेका हो ।
यसअघि इरान र इजरायलले एकले अर्कालाई धम्की दिँदै आएका थिए । अझ बढी उनीहरू ‘प्रोक्सी वार’ मा थिए । तर यसपटक इतिहासमै पहिलो पटक इरानले इजरायलको भूमिमा सिँधै आक्रमण गरेको छ ।
यही अप्रिल १ मा इजरायलले सिरियास्थित इरानी वाणिज्य दूतावासमा हवाई आक्रामण गरेपछि दुई देशबीचको तनाव उत्कर्षमा पुगेको थियो । उक्त आक्रामणमा इरानका उच्च सैनिक अधिकृत मारिएका थिए ।
वाणिज्य दूतावासमा आक्रामण भएपछि इरानले इजरायललाई उचित जवाफ दिने चेतावनी दिएको थियो । नभन्दै आइतबार विहान इरानले सिँधै इजरायलीमा भूमिमा आक्रमण गर्यो । यसले अब युद्धले कुन रुप लिने हो अनुमान गर्न नसकिने अवस्थामा पुर्याएको छ ।
इरानले आइतबार इजरायलमा तीन सयभन्दा बढी ड्रोन र मिसाइलहरू प्रहार गरेको दाबी इजरायली सेनाले गरेको छ । इरानदेखि इजरायलको सबैभन्दा छोटो दूरी इराक, सिरिया र जोर्डन हुँदै करिब एक हजार किलोमिटर ९६२० माइल० छ ।
इजरायली सेनाका प्रवक्ता रियर एडमिरल ड्यानियल हगारीले इरानले प्रहार गरेका ९९ प्रतिशत क्रुज मिसाइल र ड्रोनलाई निस्क्रिय बनाइएको दाबी गरेका छन् ।
हगारीका अनुसार, १७० ड्रोन र ३० वटा क्रुज मिसाइल इजरायली क्षेत्रमा प्रवेश गर्न सकेनन् । ११० वटा ब्यालिस्टिक मिसाइल इजरायली क्षेत्रमा प्रवेश गरे पनि त्यसलाई ‘आइरन डोम’ मार्फत निस्क्रिय बनाइएको दाबी उनको छ ।
“दर्जनौं क्षेप्यास्त्रहरू प्रक्षेपण गरिएको सूचना प्राप्त भएको छ । जसमध्ये अधिकांशलाई इजरायली क्षेत्रमा प्रवेश गर्नुअघि रोकिएको थियो,” इजरायली सेनाले आइतबार जारी गरिएको विज्ञप्तिमा भनिएको छ ।
इरानले आइतबारको आक्रामण आफ्नो वाणिज्य दूतावासमाथि गरिएको आक्रामणको बदला स्वरुप गरिएको जनाएको छ । इरानले आइतबारको आक्रामणलाई आफ्नो देशको प्रतिरक्षा स्वरुप गरेको दाबी गरेको छ ।
इरानी राष्ट्रपति इब्राहिम रायसीले पनि इरानी राष्ट्रको हितविरुद्धको कुनै पनि नयाँ आक्रामणलाई कडा जवाफ दिने दाबी गरेका छन् । त्यतिमात्र होइन इरानले पश्चिम एसियामा रहेका अमेरिकी वेशबाट आफ््नो भूमिमा आक्रामण भए ती अमेरिकी वेशमा पनि आक्रामण गर्ने चेतावनी दिएको छ ।
इरान र इजरायलबीच दशकौंदेखि तनाव रहे पनि अहिलेको जस्तो अवस्थामा यसअघि पुगेका थिएनन् । इरानले प्यालेस्टिन चरमपन्थी समूह हमास र लेबनानमा रहेको हजबुल्लाहमार्फत इजरायलमाथि विभिन्न प्रकारका आक्रामण गर्दै आएको थियो । इजरायलले पनि हमास र हजबुल्लाहमाथि आक्रमण गर्दै आएको थियो ।
तर यही अप्रिल १ मा इजरायलले सिरियामा रहेको इरानी वाणिज्य दूतावासमा आक्रमण गरेपछि भने इरान र इजरायल प्रत्यक्ष रुपमा आमनेसामने भएका छन् ।
इरानले आक्रामण गरेपछि अमेरिका, बेलायत, प्रान्स लगायतका पश्चिमी राष्ट्रहरू इजरायलको पक्षमा उभिएका छन् । रुस, चीनलगायतका देशले भने दुवै पक्षलाई संयमता अपनाउन आग्रह गरेका छन् ।
खाडी राष्ट्रहरूले पनि आफ्नो देशमा रहेका अमेरिकी बेशबाट इरानमा आक्रमण गर्न नदिने निर्णय गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले स्रोतलाई उद्वृत गर्दै लेखेका छन् । यसपटक खाडी राष्ट्रले इरानलाई मौन समर्थन गर्ने जस्तो देखिएको छ ।
यसैबीच अमेरिकी राष्ट्रपति जो बाइडेलने इजरायलको सुरक्षा गर्न अमेरिकाले सघाउने प्रतिवद्धता जनाएका छन् । राष्ट्रपति बाइडेनले इरानविरुद्धको कुनै पनि इजरायली आक्रामणमा अमेरिका सामेल नहुने बताएका छन् । बाइडेनले इजरायलका प्रधानमन्त्रीलाई पनि इरानमाथि आक्रामक नहुन सुझाव दिएका छन् ।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले आफ्नो सबैभन्दा ठूलो सहयोगी अमेरिकाको सुझाव सुन्लान् त रु
इजरायली रक्षामन्त्री योभ गालान्टले इजरायलको सुरक्षा क्षेत्रका लागि वरिष्ठ अधिकारीहरूसँग सम्पूर्ण अवस्थाको मूल्याङ्कन गरिएको बताएका छन् । योभ गालान्टले भने, “अमेरिका र अन्य सहयोगीहरूसँग मिलेर हामीले इजरायलको भूभाग सुरक्षित गर्न सफल भएका छौं । इरानको आक्रामणबाट सामान्य क्षति मात्र भएको छ ।”
इजरायली रक्षामन्त्रीले इरानसँगको मुद्दा अझै नसकिएको बताएका छन् । उनले इरानलाई छिट्टै कडा जवाफ दिने चेतावनी उनले दिएका छन् । उनको यो चेतावनीले इजरायलले अमेरिकी सुझाव नमान्ने र तनाव झन् बढाउने देखिन्छ । इजरायले जवाफमा इरानमाथि आक्रमण गरे यसले ठूलो युद्धको रुप लिने र यसले पुरै पश्चिम एसियालाई मात्र नभई विश्वलाई असर गर्ने दाबी विश्लेषकहरूको छ ।
इजरायलका पूर्व प्रधानमन्त्री एहुद बाराकले इजरायलले युद्ध जितिरहेको दाबी गरेका छन् । नेतान्याहूले अर्को कुनै पनि कारबाही अघि इजरायल अझै गाजामा फसेको, हमाससँग इजरायली बन्धक रहेको र लेबनान–इजरायल सीमा अत्यधिक अस्थिर रहेकोमा विचार गर्नुपर्ने बताउँछन् ।