बर्दिवास, १३ जेठ । रातु खोला उत्खनन रोक्न जारी अन्तरिम आदेशविरुद्ध बर्दिवास नगरपािलकाले दिएको निवेदनमा आज सर्वोच्च अदालतमा सुनुवाई हुँदैछ । दुईसाता अघि नगरपालिकाको तर्फबाट अन्तरिम आदेश खारेजीको माग गर्दै सर्वोच्च अदालतमा निवेदन दिएकामा पटक–पटक सर्दै आएको पेशीमा आज पुनः सुनुवाई हुन लागेको हो ।
बर्दिवास नगरपालिकाका तर्फबाट अख्तियार प्राप्त सोही पालिकाका अधिकृत दिपकराज पौडेलले वैशाख २७ गते बर्दिवास नगरपालिका –१का शंकर महतोसमेतलाई विपक्षी बनाउदै सर्वोच्चमा निवेदन दर्ता गराएका थिए । पटक–पटक पेशीमा चढदै आएको निवेदनको सुनुवाई कहिले हेर्न नमिल्ने बेञ्चमा त कहिले नभ्याउनेमा परेकाले सर्दै आएको छ । निवेदनमा नगरपालिकाले ऐनले दिएको अधिकार प्रयोग गरी नियमानुसार ठेक्का लगाए पनि र्सोच्चले एकतफी कुरा सुनेर अन्तरिम आदेश जारी गरी उत्खनन्मा रोक लगाएको उल्लेख छ ।
अधिकार प्राप्त अनुगमन समितिलेले अनुगमन गर्दा पनि तोकिएको परिणाममा उत्खनन् गर्न बाँकीनै रहेको अवस्थामा विपक्षीले फाटो देखाएको भरमा सर्वोच्चले अन्तरिम आदेश जारी गर्दा बर्दिवास नगरपालिका अन्यायमा परेको निवेदनमा उल्लेख छ । जेठ मसान्तसम्मका लागि लगाइएको ठेक्का उत्खनन् रोकिंदा बर्दिवास नगरपालिकाको करोडौ रकम डुब्नाले जनताको विकासको अधिकार हनन् हुने बताइएको छ ।
हेर्नुहोस् निवेदन