मधेश सरकार बनाउन तीन दलको सहमति तर, बहुमत खोई ?

banner

महोत्तरी, १७ जेठ । मधेश सरकार बनाउन तीन दलको सहमत भएका छन् । जनतम पार्टीलाई मुख्यमन्त्री दिएर सरकार बनाउने गरी नेकपा(एमाले) र नेकपा (माओवादी केन्द्र) ले सहमति गरेका छन् ।

बिहीबार जनमत पार्टीका अध्यक्ष सिके राउतको उपस्थितिमा भएको तीन दलको बैठकले सो सहमति गरेको हो । तीन दलले सहमति गरेर मुख्यमन्त्री सिके राउत नेतृत्वको जनमत पार्टीलाई दिने भनिए पनि सरकार बनाउन आवश्यक बहुमत पुग्दैन ।

मधृश प्रभा १०७ सदस्यीय रहेको छ जसमा बहुमतका लागि ५४ सांसदको आवश्यकता हुन्छ । एमाले सभामुख बाहेक २४, माओवादी ९ र जनमत पार्टीका १३ सांसद छन् । यी तीनै पार्टीको सांसद जोड्दा ४६ पुग्छ, अर्थात आवश्यक बहुमतको ८ सांसद कम । नेकपा(एस)को ७ सांसद छन् भने नाउपाको १ । यी सबैमिल्दा भने ठिक्क बहुमत पुग्छ ।

तर, नेकपा(एस) जसपा नेपाल नेतृत्वको सरकारबाट बाहिरिएको छैन भने नाउपाको एक सांसद रेशम चौधरी पक्षका हुन वा रञ्जिता श्रेष्ठ पक्षका खुलेको छैन । उता हिजै (बुधबार) साँझ मात्र नेपाली का्रग्रेसका सभापति शेरबहादुर देउवा निवासमा भएको विपक्षी दलहरूको वैठकमा नेकपा(एस)का अध्यक्षले अहिलेकै जसपा नेपाल नेतृत्वको सरकारलाई निरन्तरता दिने कुरामा सहमति जनाएका थिए ।

सो बैठकमा माधव नेपालले मधेश प्रदेशबाट समर्थन फिर्ता लिदा आफ्नो पार्टीलाई सामेल नगराएको, सुदूरपश्चिममा आफ्नो पार्टीको नेतृत्वको सरकारलाई एमालेले अड्को लगाइरहेको कोशीमा पनि सरकारमा सामेल नगराएको गुनासो गरेको श्रोतले बताएको छ । यस्तोमा अहिले पनि तीन दलको मात्र सहमति गरिएको जबकी मधेश सरकार बनाउन एकीकृत समाजवादीको अनिवार्य साथ आवश्यक छ ।

उता उपेन्द्र यादव मधेशमा आफ्नो वर्चश्व देखाउन यही सरकारलाई बहुमत पुर्याउन कम्मर कसेर लागेका छन् । उपेन्द्रको यो प्रयासलाई कांग्रेस र लोसपाले साथ दिएका छन् । मधेश प्रदेशमा कांग्रेस २२, जपा नेपाल १९ र लोसपा ८ सांसद छन् । यी तीन जोड्दा ४९ को संख्या हुन्छ , बहुमतका अझै ५ सांसदको आवश्यक हुन्छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार