मधेशमा पहिलो पटक जसपा नेपाल सरकारबाट बाहिरिदैं

banner

बर्दिवास, १९ जेठ । अन्य प्रदेशको तुलनामा स्थिर रहेको मधेश सरकार अब भने ढल्ने भएको छ । यसअघि तीन पटक साझेदार दल बदलीएर पनि विश्वासको मत पाएका मुख्यमन्त्री सरोज कुमार यादव अब भने सत्ताच्युत हुने भएका छन् ।

पछिल्लो पटकको साझेदार दल नेकपा(एमाले) र नेकपा(माओवादी केन्द्र) ले समर्थन फिर्ता लिएको २० दिन भइसक्दा पनि कांग्रेस, लोसपा, नेकपा(एस)को सहयोगमा बहुमत पुर्याउने ध्याउन्नमा रहेको जसपा नेपाललाई नेकपा(एस)को पछिल्लो निर्णयले धक्का लागेको छ । जसपा नेपालको विकल्पमा मधेसमा सरकार बन्ने भएपछि यसअघि ‘पर्ख र हेर’को रणनीतिमा रहेको लोसपासमेत नयाँ सरकारमा सहभागि हुने स्थिति देखिएको छ ।

शुक्रबार मधेशका एमाले संसदीय दलका नेता सरोज यादव, माओवादी संसदीय दलका नेता भरत साह, जनमतका संसदीय दलका नेता महेश यादवले नेकपा(एस) अध्यक्ष माधव नेपाललाई भेटेर सहयोगको अनुरोध गरेका थिए । अध्यक्ष नेपालले मधेश मात्र होइन कोशी र सुदूरपश्चिमकोसमेत गरी प्याकेजमा सहमति खोजेपछि दिउसो प्रचण्ड, केपी ओली र माधव नेपालबीच सिंह दरबारमा भेटवार्ता भएको थियो ।

सो वार्ता सकारात्मक भएसंगै मधेशमा जनमतको नेतृत्वमा नयाँ सरकार बन्ने पक्कापक्की भएको हो । अहिले मधेश प्रदेशका एमाले, माओवादी, जनमतका संसदीय दलका ेनता काठमाडौंमै छन् भने लोसपाका सांसदहरूलाई आजै काठमाडौं झिकाइएको छ । संभवत ः आजै सबै जनकपुर फर्किएर प्रदेश प्रमुख समक्ष दावी पेश गर्ने बताइएको छ ।

मधेशमा एमाले २४, जनमत १३, माओवादी ९, नेकपा(एस) ७, लोसपाका ८ सांसद छन् । १०७ मधेश प्रदेश सभामा महुमतका लागि ५४ सांसदको समर्थन आवश्यक हुन्छ । लोसपाले समर्थनमा आनाकानी गरे ५३ सांसद मात्र हुन्छन् । मधेशमा नाउपा, राप्रपा र संघीय समाजवादीका १ /एक सांसद छन् । जसले सरकार बनाए पनि अन्य प्रदेशजस्तो एक सांसदको अभाव नहुने बताइन्छ । त्यसमा पनि नाउपा वर्तमान सत्ता गठबन्धनमै रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार