बर्दिवास २२ जेठ । अन्ततः माधव नेपालले प्रचण्ड र केपीओलीसंग प्याकेजमै सहमति गरेका छन् । सोमबार अबेर राति भएको तीन शिर्ष नेताबीच प्याकेजमै सहमति भएको बताइएको छ । यसका लागि प्रधानमन्त्री प्रचण्डले धेरै ‘पापड’ बेलेको श्रोतले बताएको छ ।
सामूहिक, वान टू वान, फेरि सामूहिक गरी पटक पटक भएको वार्तामा अन्तमा तीन दल अहिलेको बाम गठबन्धनलाई प्रदेश र केन्द्रसम्मै बलियो बनाएर जान सहमत भएका छन् । जसअनुसार मधेशमा नेपा(एस) सम्भवत ः आजै मुख्यमन्त्री सरोज कुमार यादवलाई दिएको समर्थन फिर्ता लिनेछ ।
आज(मंगलबार) देखि मधेश सरकार लिएर भइरहेका हल्ला र अड्कालवाजी अन्त्य भएको छ । अब जनमतको नेतृत्वमा एमाले, माओवादी, नेकपा(एस) र नाउपा सम्मिलित सरकार बन्नेछ । मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिने प्रयोजनका लागि संसद बैठक बोलाएका छन् । बदलीएको परिस्थितिमा ब उनले आजै राजीनामा दिनसक्ने श्रोतले बताएको छ ।
सहमतिअनुसार मधेशमा नेकपा(एस)ले अहिलेकैजस्तो दुई मन्त्रालय पाउने छ भने सुदूरपश्चिममा एमाले र माओवादीले आजै मन्त्रीको नाम पठाउनेछन् । लुम्बिनी र कोशीमा एमाले–माओवादीले नेकपा(एस)लाई पनि प्रदेश सरकारमा समेट्ने छन् ।