भारतको चुनावमा मोदीलाई झड्का

banner

नयाँ दिल्ली, २२ जेठ । आरामदायी एकल बहुमत ल्याउने आश गरिएको नरेन्द्र मोदी नेतृत्वको भारतीय जनता पार्टीलाई नराम्रो झट्का लागेको छ । मतगणना चलिरहँदा भाजपा एकल बहुमतबाट ३१ सिट टाढा देखिएको छ । जबकी उसका सहयोगी दल मिलाउँदा भने सरकार बनाउन सक्ने देखिएको छ ।

तीन महिनाभन्दा लामो समय लगाएर सात चरणमा भारतीय लोकसभाका ५४५ सिटका लागि भएको निर्वाचनमा भाजपासम्मिलित एनडिए गठबन्धनलाई कांग्रेस सम्मिलित इन्डिया गठबन्धनले कडा टक्कर दिएको छ । यसअघि एक्जिट पोलमा भाजपालाई भारी बहुमतले जित्ने देखाइएको थियो ।

भारजपा गठबन्धनलाई यसअघि २०१९ को चुनावभन्दा ५६ सिट घाटा लाग्ने देखिदैछ भने विपक्षीलाई १३४ सिट नाफा देखिएको छ । पश्चिम बंगालमा तृणमूल कंग्रेसले ३१ सिट जित्ने देखिएको छ भने बिहारमा नितिशकुमारले १५ सिट जित्न देखिएको छ यी दुवैले कांग्रेस गठबन्धनलाई सघाउँदा नरेन्द्र मोदी प्रधानमन्त्री बन्न सक्ने छैनन् । जबकी तृणमूलले राहुल गान्धीलाई सघाउने निश्चित छ भने नितिशकुमारको भन्न सक्निे अवस्था छैन ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार