ताप्लेजुङमा पहिरोमा पुरिएर एकै परिवारका ४ जनाको मृत्य, दुई घाइते

banner

ताप्लेजुङ, ३२ जेठ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–२ खेजिनिममा गए राति पहिरोमा पुरिएर एकै परिवारका चारजनाको मृत्यु भएको छभने दुईजना घाइते भएका छन् ।

फक्ताङलुङ गाउँपालिका–२ का वडाध्यक्ष भूपेन्द्र चौलागाईँका अनुसार पहिरोमा पुरिएर फक्ताङलुङ गाउँपालिका–२ खेजिनिमका ६९ वर्षीय रामबहादुर लिम्बू, उनकी श्रीमती जसमाय र लिम्बू दम्पतीका छोरीहरू नौ वर्षीया गङ्गा र जमुनाको मृत्यु भएको हो । लिम्बुको घर बगाउनुको साथै ५० वटा बाख्रा र ५० वटा कुखुरा मरेको छ ।

यसैगरी ४० वर्षीया युगेन लिम्बू र उनकी तीन वर्षीय छोरी घाइते भएका छन् । उनको घर पनि पहिरोले बगाएको छ ।

गत बुधबार रातिदेखिको अविरल वर्षासँगै आएको बाढीले फक्ताङलुङ गाउँपालिका क्षेत्रमा छवटा पुल बगाएको छ । पुल बगेपछि यातायातका साधन सञ्चालनमा समस्या भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार