बर्दिबास– .१ पूर्ण खोेप सुनिश्चता तथा दिगोपना घोषणा  

banner

बर्दिवास, ७ असार । महोत्तरीको बर्दिबास नगरपालिका–.१ पूर्ण खोेप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएकोे छ । शुक्रबार वडा नं.१ को कार्यालयमा एक कार्यक्रम गरी सो घोषणा गरिएको हो ।
वडाका अध्यक्ष भोला खड्काले सो कार्यक्रममा वडा नं.१ पूर्ण खोप सुनिश्चता तथा दिगोपना घोषणा गरेका हुन् । वडा अध्यक्ष खड्काले बालबालिकालाई खोपको पहुँचमा ल्याउन सबै सरोकारवालाहरूको औचित्यपूर्ण सहयोग रहेको औल्याए । सरकारले खोप कार्यक्रमको प्रभावकारी संचालन तथा व्यवस्थापनको लागि खोप ऐन २०७२ समेत जारी गरी खोप पाउने अधिकार सुनिश्चित गरेको हुँदा यो  घोषणा कार्य
मात्रै नभएर सबै तह तप्काबाट दिगोपनाका लागि पहल गर्नु पर्ने आग्रहसमेत गरे ।
कार्यक्रममा बर्दिबास नगरपालिका स्वास्थ्य शाखा प्रमुख सुरेश पासवानले जन्मदेखि १५ महिनासम्मका बालबालिकाहरूलाई विभिन्न चरणमा खोप कार्यक्रम संचालन गरी बालबालिकालाई खोपाउने कार्य गरे पश्चात वडालाई पूर्ण खोप सूनिश्चितता तथा दीगोपना घोषणा गर्न सफल भएको जानकारी गराए ।
नगर स्वास्थ्य शाखा संयोजक पासवानले पूर्ण खोप सभामा वडामा सबै बालबालिकालाई खोपको पहँुचमा ल्याउन स्थानीय सरकारको महत्वपूर्ण भूमिका रहेको भन्दै सबै सरोकारवालाको सहयोगमा यस कार्यक्रमले पूर्णता पाएको बताए ।  बालबालिकाहरुलाई वडाका प्रत्येक घरमा गएर विवरण हेरी खोप लगाउन छुट भएका १५ जना बालबालिकाहरुलाई खोप लगाएपछि वडामा उक्त कार्यक्रम गरिएको हो ।
बालबालिकाहरुलाई जन्मदेखि, जन्मने वित्तिकै, ६ हप्तामा, १० हप्तामा, १४ हप्तामा, ९ महिनामा, १२ महिनामा र १५ महिनामा खोप लगाउनु पर्ने आधारभूत स्वास्थ्य सेवा केन्द्र बर्दिबास न.पा.१ की प्रमुख चान्दनी यादवको जानकारी दिइन् । कार्यक्रममा सर्पदंश उपचार केन्द्र बर्दिबासका अध्यक्ष कृष्ण देवकोटा, वडाका जनप्रतिनिधिहरू, कर्मचारी , आधारभूत स्वास्थ्य केन्द्र बर्दिबासका कर्मचारी, शिक्षक, व्यवसायी ,गैरसरकारी संस्थाका प्रतिनिधी लगायतको उपस्थिति  थियो ।
प्रतिक्रिया दिनुहोस्
विशेष समाचार