टी –२० विश्वकप ; दक्षिण अफ्रिका पहिलो पटक विश्वकपको फाइनलमा

खेलकूद

अमेरिका, १३ असार । दक्षिण अफ्रिका जारी टी( २० विश्वकपको फाइनलमा पुगेको छ । विहिबार बिहान पहिलो सेमिफाइनलमा अफगानिस्तानलाई ९ विकेटले पराजित गर्दै दक्षिण अफ्रिका पहिलो पटक विश्वकपको फाइनलमा पुगेको हो ।

अफगानिस्तानले दिएको ५७ रनको लक्ष्य पछाएको दक्षिण अफ्रिकाले ८।५ ओभरमा एक विकेट गुमाउदै लक्ष्य पुरा गरको थियो ।

यस अघि टस जितेर पहिला ब्याटिंग गर्दै अफगानिस्तान ११।५ ओभरमा अल आउट हुदै ५६ रन मात्र बनएको थियो ।

अब पहिलो पटक विश्वकपको फाइनलमा पुगेको दक्षिण अफ्रीकाले आजै हुने दोस्रो सेमिफाइनलको भारत र इङल्याण्डबीचको विजेतासँग हुने छ ।

फाइनल खेल आगामी शनिबार हुदै छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार