महोत्तरीका सामुदायिक विदालय मध्ये शतप्रतिशत नतिजा निकाल्ने पाटु मात्रै !

banner

बर्दिवास, १५ असार । महोत्तरीमा ११ वटा संस्थागत र सामुदायिक विध्यालयहरुले एसईईमा शतप्रतिशत नतिजा ल्याउन सफल भएका छन ।

एउटा सामुदायिक विद्यालय र वाकी १० वटा संस्थागत विद्यालयहरुले शतप्रतिशत नतिजा ल्याउन सफल भएका जिल्ला शिक्षा विकास तथा समन्वय ईकाई महोत्तरीले जनाएको छ ।

सामुदायिक विद्यालयहरु मध्ये जन जागृती माध्यामिक विद्यालय पाटु बर्दिवास शतप्रतिशत नतिजा ल्याउने जिल्ला कै एक्लो विद्यालय वनेको छ भने वाकी संस्थागत विद्यालयहरु छन ।

संस्थागत विद्यालयहरुमा एभरेस्ट पब्लिक बोर्डिङ्ग स्कुल बर्दिवास, भानुभक्त स्कुल गौशाला, ग्लोबल एकेडेमी बर्दिवास, गुरुकुल एकेडेमी बर्दिवास, न्युटन भ्यू स्कुल रामगोपालपुर, शिशु ज्ञान निकुञ्ज जलेश्वर, ग्यालेक्सी अङ्ग्रेजी विध्यालय मनरासिस्वा, सनराईज स्कुल औरही, चिल्ड्रेन ग्लोरी औरही, सिदार्थ अङ्ग्रेजी स्कुल बर्दिवास र जानकी सितल स्कुल रहेका छन ।

२०८० असार १३ गते प्रकाशित एसईईको नतिजाअनुसार उत्कृष्ट जीपीए ल्याएर एभरेष्ट स्कुल बर्दिवास जिल्ला कै पहिलो वनेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार