बर्दिवास क्षेत्रमा सडक दुर्घटनाको अभिलेख डरलाग्दो

banner

बर्दिवास, १ असोज । बर्दिवास क्षेत्रमा सडक दुर्घटनाको अभिलेख डरलाग्दो देखिन्छ । जिल्ला ट्राफिक कार्यालय बर्दिवासमा रहेको अभिलेखमा महिनामै सरदर ५ जना बढीको सडक दुर्घटनाबाट मृत्यु भएको देखिएको हो ।

ट्राफिक कार्यालयको अभिलेखअनुसार आर्थिक वर्ष २०७८÷०७९ मा यस क्षेत्रमा सडक दुर्घटनाबाट मर्नेको संख्या ५४ जना रहेको थियो । त्यस यता हरेक वर्ष डरलाग्दो ढंगले सडक दुर्घटनामा मर्नेको संख्या बृद्धि भएर ६८ जना पुगेको अभिलेखमा देखिएको छ भने आर्थिक वर्ष २०८०÷८१ मा पनि यसरी मर्नेको संख्या ६८ नै रहेको छ । तर, चालु आर्थिक वर्षको पहिलो महिनामा भने सरदर संख्या केही घटेको देखिएको छ । साउनमा सडक दुर्घटनाबाट २ जनाले मात्र ज्यान गुमाएको ट्राmिक कार्यालयमा अभिलेख छ ।

आर्थिक वर्ष २०७८÷०७९ मा ६५८ वटा सडक दुर्घटनामा ५४ को मृत्यु हुँदा १ हजार ११९ घाइते भएका थिए, ती मध्ये ११८ गम्भीर घाइते थिए । त्यसैगरी आर्थिक वर्ष २०७९÷०८० मा गत तीन आर्थिक वर्ष मध्येकै धेरै सवारी दुर्घटना भएको देखिएको छ । यो वर्ष ७४१ सवारी दुर्घना भएकामा ६८ को जनाको मृत्यु र १ हजार २१७ जना घाइते भएका मध्ये १३३ जना भम्भीर प्रकृतिका थिए ।

त्यस्तै गत आ.व. २०८०÷०८१ मा महोत्तरीमा ५०४ वटा सवारी दुर्घटनामा ६८ को मृत्यु हुँदा ७६२ जना घाइते भएकामा २०९ जना गम्भीर प्रकृतिका घाइते भएको जिल्ला ट्राफिक कार्यालयमा अभिलेख छ । चालु आवको पहिलो एक महिना साउनमा मात्र १५ वटा सवारी दुर्घटना भएका छन्, जसमा २ जनाको मृत्यु र ५१ जना घाइते भएका छन् । घाइते मध्ये १० जनाको अवस्था गम्भीर रहेको ट्राफिकको अभिलेखमा उल्लेख छ ।
यसबीच ट्राफिक प्रहरीले सडक दुर्घटा न्यूनिकरण गर्न उल्लेख्य संख्यामा सवारी साधनलाई कारवाही गरी करौडौ रकम राश्जश्व दाखिला गरेको पनि तथ्यांकले देखाएको छ । बर्दिवासस्थित महोत्तरी ट्राफिक प्रहरीले २०७८÷०७९ मा ३० हजार २ सय ७० सवारी साधनलाई कारवाही गरी २ करोड ५३ लाख १९ हजार ५०० रुपैयाँ राजश्व संकलन गरेको थियो । त्यस्तै आ.व. २०७९÷०८० मा ४३ हजार ३०० सवारी साधनलाई कारवाही गरी ३ करोड २३ लाख ६८ हजार ५०० रुपैयाँ राजश्व संकलन गरेको अभिलेखमा देखिएको छ ।

गत आ.व. २०८०÷०८१ मा भने ४० हजार ५५ सवारी साधन कारवाहीमा पर्दा ३ करोड ४६ लाख २५ हजार ३५० राजश्व उठाएको छ । चालु आ.व. को पहिलो महिनामा मात्र २ हजार ६५६ सवारी साधन कारवाहीमा पर्दा २३ लाख ६२ हजार रुपैयाँ राजश्व संकलन भएको देखिएको छ ।
यसैबीच जिल्ला ट्राफिक कार्यालय बर्दिवासको प्रमुख प्रहरी निरीक्षकको फेरबदल भएको छ । नयाँ प्रमुखका रूपमा प्रहरी निरीक्षक लक्ष्मीराज जोशी आउनासाथ यस जिल्लाको खासगरी बर्दिवासको ट्राफिक समस्या समाधान र सावारी दुर्घटना न्यूनिकरणमा गम्भीर देखिएका छन् ।

हाजिर भएको तेश्रो दिनमै उनले बर्दिवास क्षेत्रका यातायात व्यवसायीसंग अन्तरक्रिया गरेका छन् भने सोमबार पत्रकारहरूसंग । अन्तरक्रियामा यस भेगका ट्राफिक समस्या, दुर्घटनाका प्रकृति र समाधानका उपायबारे छलफल भएको थियो ।

अन्तरक्रियामा सहभागि पत्रकारहरूले प्रहरी निरीक्षक जोशीको कार्यकालको सफलताको कामना गर्दै खासगरी बर्दिवासका ट्राफिक समस्याबारे अवगत गराएका थिए । लागुऔषध सेवन गरेर मोटरसाइकल अनियन्त्रित गतिमा चलाउने, चोक, चोकमा अव्यवस्थित सवारी पार्किङ, सवारी भाडामा भइरहेको मनपरी, यातायात कर्मचारीका नाममा हुने यात्रीमाथिको दुव्र्यवहारका बारेमा नयाँ ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक जोशीको ध्यानाकर्षण गराएका थिए । सो क्रममा पत्रकारहरूले ट्राफिक नियम उल्लंघन गर्ने जो कोहीलाई विनामोलाहिजा कारवाही गर्न आग्रह गर्दै त्यस्तो व्यक्ति पत्रकारै परेछ भने पनि आफूहरू कारवाहीको पक्षमा रहने प्रतिवद्धता जनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार