एमालेमय बन्यो भंगाहा, जिल्लामै लोकप्रिय हुँदै

banner

बर्दिवास, २७ कात्तिक । महोत्तरीको भंगाहा नगरपालिका एमालेमय बनेको छ । सोमबार मात्र mोकतान्त्रिक समाजवादी पार्टीं(लोसपा), नेकपा (एस), माओवादी र नेपाली कांग्रेस परित्याग गरी ठूलो मात्रामा नेता, कार्यकर्ता एमाले प्रवेश गरेकाले भंगाहा एमालेमय बनेको हो ।

सोमबार भंगाहामा भएको पार्टी प्रवेश कार्यक्रममा २०० बढी विभिन्न् पार्टीका नेता, कार्यकर्ता एमाले प्रवेश गरेका हुन् । नवप्रवेशीलाई एमाले केन्द्रीय सदस्य तथा मधेश प्रदेश सरकारका भौतिक पूर्वाधारमन्त्री सरोज यादवले माला र गम्छा ओढाएर पार्टीमा स्वागत गरेका थिए । पार्टी प्रवेश गर्नेहरूमा सबैभन्दा बढी ९६ जना लोसपाका नेता, कार्यकर्ता छन् । जबकी सो नगरपालिकामा प्रमुख लोसपाका संजिव साह छन् । यसपछि माओवादीका छन् भने नेकपा एसकी नेता तथा पूर्व प्रदेश सांसद मञ्जु यादवका पिता पूर्व हरिहरपुर हरिनमरीका गाविस अध्यक्ष रमेश यादवको नेतृत्वमा २७ जना एमाले प्रवेश गरेका छन् ।

मन्त्री यादव प्रमुख अतिथि रहेको सो पार्टी प्रवेश कार्यक्रममा महोत्तरी –१ का संघीय सांसद लक्ष्मी महतो कोइरी, सोही निर्वाचन क्षेत्र (क) की सांसद शारदा देवी थापा जिल्ला तथा प्रदेशका एमाले नेताहरूले एमालेको नीति, विचार र कार्यक्रममाथि प्रकाश पार्दै नव प्रवेशीलाई स्वागत गरेका थिए । उनीहरूले ‘समृद्ध नेपाल सुखी नेपाली’ को राष्ट्रिय आकांक्षा पुरा गर्न २०८४ मा हुने निर्वाचनमा एमालेको एकल बहुमत आउनै पर्ने बताएका थिए । एमाले अध्यक्ष केपी ओलीकै नेतृत्वको सरकारले मधेशको मेरुदण्डको रूपमा रहेको हुलाकी राजमार्ग निर्माणमा गति लिएको, मधेशको स्वास्थ्य, शिक्षा, कृषि, सडकमा इतिहासमै बढी बजेट ििनयोजन भएकाले मधेशलाई माया गर्ने पार्टी एमाले नै भएकाले पार्टी प्रवेश गरेको नव प्रवेशीले बताएका थिए ।

मधेशको अन्य जिल्लाको तुलनामा महोत्तरीमा एमाले प्रवेश गर्नेहरूको लर्को लागेको छ । महोत्तरी गृह जिल्ला भएका एमाले केन्द्रीय सदस्य तथा मधेश सरकारका भौतिक पूर्वाधार मन्त्री सरोज यादवलाई पार्टी प्रवेश गर्नेलाई स्वागत गर्न भ्याइनभ्याई हुने गरेको छ । उनी भन्छन् ‘हरेक दिन पार्टी प्रवेश गर्छु भन्नेहरू आउँछन् । पार्टीमा आउँछु भन्नेलाई नआउ भन्न भएन । समय मिलाउन गाह्रो हुन्छ ।’ यसअघि मनराशिश्वा, औरही, जलेश्वरमा पनि सयौंको संख्यामा पार्टी प्रवेश गरेका थिए । एमाले पोलिब्युरो सदस्य रामदयाल मण्डल भन्छन् ‘एमालेको नामै सुन्दा एलर्जी भएजस्तो गर्नेहरू पनि अहिले पार्टी त एमाले नै सही र नेता केपी ओलीनै वचनको पक्का रहेका छन् भन्दै एमाले प्रवेश गरिरहेका छन् ।’

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार