बर्दिवास, २ मंसिर । बर्दिवासस्थित शुभस्वस्तिक हस्पिटलले आफूलाई भरपर्दो स्वास्थ्य संस्थाका रूपमा विकास गर्दै लगेको छ । एउटा सुविधा सम्पन्न अस्पतालमा चाहिने उपकरणदेखि जनशक्तिसम्मको जोहो गरेर शुभस्वस्तिकले आफूलाई भरपर्दो स्वास्थ्य संस्थाकारूपमा उभ्याएको हो ।
आजभन्दा १५ वर्षअघि २७ असोज २०६६ मा बर्दिवासको भोलबसन्त चोक नजिक पालिक्लिनिकका रूपमा स्वास्थ्य सेवा दिन सुरु गरेको शुभस्वस्तिक अहिले १०० शैय्याको सुविधासम्पन्न हस्पिटलमा स्तरोन्नती भएको छ । धेरै वर्ष भाडाको घरबाट सञ्चालन भएको हस्पिटलको अहिले बर्दिवास बजारकोको पश्चिमी किनार राजमार्ग छेउमै आफ्नै प्रयाप्त सेवा सुविधा भएको भवन छ । हस्पिटलमा दैनिक १०० को हाराहारीमा विरामी आउने गरेको हस्पिटलले जनाएको छ ।
दुर्घटनामा परेर वा अन्य कारणले हाड, जोर्नी वा नशाको समस्या आएमा निदानका लागि बर्दिवास क्षेत्रका वासिन्दाले पहिले सम्झने नाम शुभस्वस्तिक भएको छ । हुनत हाड, जोर्नी मात्र होइन यो हस्पिटलले स्वास्थ्यसंग सम्वन्धि सबै रोगको उपचार सेवा दिने गरेको छ । तर, हात, खुट्टा वा शरीरका अन्य अंगका हाड, जोर्नी भाँचिदा, मर्किदा ‘शुभस्वस्तिक लैजाउँ’ भन्ने गरेको सुनिन्छ । यो हस्पिटल बर्दिवास क्षेत्रको एक मात्र सिटी–स्क्यान सेवा दिने हस्पिटल पनि हो ।
हाल हस्पिटलले सातै दिन २४ सैं घण्टा आकस्मिक सेवा, ट्रमा सेवालगायत प्रसुति तथा स्त्री रोग सेवा, बाल रोग तथा नवजात शिशु रोग सेवासमेत दिदै आएको छ । यसैगरी जनरल तथा इन्टरनल मेडिसिन सेवा, छाती तथा मुटु रोग सेवा, आईसियू, आइएनसियू, पिआईसियू, सेवा, एक्स–रे, युएसजी, सिटी स्क्यान सेवा, इसिजी, इइजी,इको सेवा, फिजिओथेरापी सेवा मुख तथा दन्त रोग सेवा आँखा रोग सेवा, नशा तथा मानसिक रोग सेवा शुभस्वत्किका मुख्य सवा हुन् ।
गुणस्रीय स्वास्थ्य सेवाकै कारण छोटा समयमै पोलिक्लिनिकबाट २६ शैय्या, ५० शैय्या हुँदै १०० शैय्यामा स्तरोन्नती भएको यसका सञ्चालक दीपक कार्की बताउँछन् । बर्दिवासमा विशेषज्ञ चिकित्सकको सेवा दिन शुभस्वस्तिकले नै सुरु गरेको दावी गर्दै सञ्चालक कार्की भन्छन् ‘पोलिक्लिनिक छँदै हामीले सातामा एक दिन भए पनि विशेषत्र डाक्टर बोलाएर जटिल रोगको पनि आफ्नै ठाउँमा उपचार सेवा दिन सुरु गरेका थियौं ।’ बर्दिवासमा विशेषज्ञ डाक्टर बोलाएर शिविर चलाउने आफू नै पहिलो भएको उनको दावी छ । ‘अहिले त २४सैं घण्टा विशेषत्र सेवा दिन हामी सक्षम छौं’ सञ्चालक कार्की थप्छन् ‘सेवाको गुणस्तरीयतामा कहिले सम्झौता गरेनौं र गर्दैनौं पनि ।’
निजी अस्पताल सञ्चालन गरेको भए पनि समाजप्रतिको उत्तरदायित्व नविर्सेको बताउँदै सञ्चालक कार्की १०० शैय्याको अस्पताल भए पनि अहिले पनि गाउँ–गाउँ, वस्ती–वस्तीमा निःशुल्क स्वास्थ्य शिविर चलाउने शुभस्वस्तिक हस्पिटल नै भएको उनको दावी छ । अब सबै चाड, पर्व सकिएकाले चाँडै पालै पलो कमसेकम बर्दिवासका सबै वडामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने योजना रहेको उनले बताए ।