बर्दिवास, २२ मंसिर । नेपाल पत्रकार महासंघको यही २८ मंसिरमा हुने निर्वाचनमा महोत्तरीका राजकरण महतोसहित १३३ जनाले विभिन्न पदमा उम्मेदवारी दिएका छन् । महतोले निर्मला शर्मा नेतृत्वको प्यानलबाट केन्द्रीय सदस्यका लागि उम्मेदवारी दिएका हुन् । सो प्यानलको अध्यक्षमा निर्मला शर्मा,, महिला उपाध्यक्षमा नितु पण्डित र कोषाध्यक्षमा रामकृष्ण ज्ञवाली उम्मेदवार छन् ।
नेपाल पत्रकार महासंघमा महोत्तरी सधैं उपेक्षित रहँदै आएको थियो । यसअघि केन्द्रीय सदस्यका लागि विभिन्न समयमा विभिन्न पत्रकारले उम्मेदवारी नदिएका भने होइनन् । तर प्रेस जगतका ठूला भनिएका संगठन प्रेस चौतारी नेपाल, नेपाल प्रेस युनियन र प्रेस सेन्टरले आफ्नो प्यानलमा स्थान नदिएकै कारण पराजित हुँदै आएकामा यसपटक महतोलाई चौतारी र युनियनको साझा प्यानलमा समावेश गरिएको छ । महतोलाई प्रेस चौतारी नेपालको सिफारिसमा उम्मेदवार बनाइएको बुझिएको छ ।
करिव ढेढ दशकदेखि पत्रकारीता गर्दै आएका महतो महोत्तरीमा खरो पत्रकारकारूपमा चिनिन्छन् । पत्रकारितामा स्नातकोत्तर गरेका महतो हाल अन्नपूर्ण पोष्टको काठमाडौं संवाददाता हुन् । बर्दिवास –१३ का रैथाने महतो खासगरी अनुसन्धानमुलक पत्रकारितामा रमाउँछन् । करिव दुई महिनाअघि प्रस सेन्टर त्यागेर चौतारी प्रवेशका उनी पत्रकार महासंघ महोत्तरी शाखाका सचिव थिए ।