बर्दिवास, १० पुस । काठमाडौंमा हिजो(मंगलबार) र आज (बुधबार) सामान्य वर्षा भएको छ । पश्चिम नेपालबाट सुरु भएको मौसमी प्रणालीले काठमाडौंसहित केही पहाडी भूभागमा वर्षा गराएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
यो पहाडी क्षेत्रमा भएको हिमपात र काठमाडौंलगायतका ठाउँमा भएको वर्षाले देशभर चिसो बढ्ने बताइएको छ । मधेश प्रदेशमा भने विहान तापक्रम स्वात्तै घटे पनि दिउसो झलमल्ल घाम लाग्ने भएकाले खासै चिसोको अनुभव नगरिएको अवस्था छ । तर, यस्तो अवस्था अब चाँडै अन्त्य हुने मौसमविद्ले बताएका छन् ।
मधेशमा शुक्रबार बदली रहने र शनिवार हल्का वर्षा हुने आँकलन गरिएको मौसमविद्ले जनाएका छन् । यसपटक शितलहर भने मात्रको दोश्रो सातातिर धकेलिएको बताइएको छ ।