एमाले महासचिव शंकर पोखरेल रामगोपालपुरमा, यस्तो छ कार्यक्रम

banner

बर्दिवास, १३ पुस । नेकपा (एमाले)का महासचिव शंकर पोखरेल महोत्तरीको रामगोपालपुर आएका छन् । आज दिउसो साढे १२ वजे रामगोपालपुरमा एमालेले जनसभाको कार्यक्रम राखेको छ ।

एमाले जिल्ला कमिटीको आयोजनामा हुन लागेको सो कार्यक्रमलाई बृहद् पार्टी प्रवेश कार्यक्रमको नाम दिइएको छ । एमाले केन्द्रीय सदस्य तथा मधेश प्रदेश सरकारका भौतिक पूर्वाधार मन्त्री सरोज यादवको गृह नगर रामगोपालमा हुन लागेको सो कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी ठूलो संख्यामा नेता कार्यकर्ता एमाले प्रवेश गर्ने वताइएको छ ।

मन्त्री यादवले आज विहानै सामाजिक सञ्जालमार्फत कार्यक्रममा उपस्थित हुन अपिल जारी गेका छन् । उनले एमालेका नीति र तात्कालिन कार्यक्रम वारे महासचिव पोखरेलले पार्टीको धारणा प्रष्ट पार्ने जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार