मधेशमा बढ्यो एमालेको क्रेज, महोत्तरीका सयौं कार्यकर्ता एमाले प्रवेश

banner

बर्दिवास, १३ पुस । नेकपा(एमाले) र अध्यक्ष ओलीको लोकप्रियताको ग्राफ निरन्तर ओरालो लागेको हल्ला चलाईरहँदा मधेशमा भने एमालेको क्रेज बढेको बढ्यै देखिएको छ । खासगरी गरी महोत्तरी जिल्लामा एमाले प्रवेश गर्नेको भेल थेगिनसक्नु भएकाले यस्तो देखिएको हो ।

आज (शनिबार) महोत्तरीको रामगोपालपुरमा आयोजित बृहद् पार्टी प्रवेश तथा जनसभा कार्यक्रममा पनि दुई सयबढी कार्यकर्ताले विभिन्न पार्टी परित्याग गरी एमाले प्रवेश गरेका छन् । अयअघि पनि जिल्लाका विभिन्न चार स्थानमा वृहद् पार्टी प्रवेश कार्यक्रम आयोजना गरिएका थिए । यसअघिका कार्यक्रममा नव प्रवेशीलाई पार्टीका पोलिटब्यूरो सदस्य रामदयाल मण्डल, केन्द्रीय सदस्य तथा मधेश प्रदेश सरकारका भौतिक पूर्वाधारमन्त्री सरोज यादवले स्वागत गरेका थिए भने यस पटकको कार्यक्रम विगतकोभन्दा बृहद् भएकोभन्दै महासचिव शंकर पोखरेललाई निम्त्याइएको थियो ।

एमाले प्रवेश गर्नेमा सबैभन्दा बढी माओवादी रहेका छन् । प्रवेश गर्नेको लर्को हेर्दा रामगोपालपुरमा त माओवादी रित्तिएको अनुभव भएको एक स्थानीयको प्रतिक्रिया थियो । माओवादी निकट अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य, दलित संगठनका केन्द्रिय सदस्य, जनजाति संगठनका केन्द्रिय सदस्यले एकमुष्ठ रूपमा माओवादी परित्याग गरी एमाले महासचिव शंकर पोखरेलको हातबाट टिका र माला लगाएका थिए ।

एमाले प्रवेश गर्नेमा सबैभन्दा धेरै माओवादीका, दोश्रोमा लोसपाका र केही कांग्रेसका स्थानीय कार्यकर्ता देखिएका थिए । सो पार्टी प्रवेश कार्यक्रमलाई संवोधन गर्दै महासचिव पोखरेलले तराई–मधेशका जनता जहिल्इै एमालेको पक्षमा रहे पनि बीचमा केही तत्वले मधेशी जनतालाई एमाले र यसका अध्यक्ष केपी ओलीका बीच फाटो ल्याएने प्रयास गरे पनि अहिले आएर त्यो भ्रमको चिरफार भइसकेको बताए ।

बषैंदेखि अल्झिएर बसेको तराई–मधेशको लाइफलाईन मानिे हुलाकी राजमार्ग एमाले अध्यक्ष ओली नेतृत्वकै सरकारका पालामा अघि बढेको, जनकपुर रेल्वेको कामले गतिलिएको , सुनकोसी –मरिनण् बागमति भाइभर्सनको काम सुरु भएकाले मधेशी जनतामा अब कुनै भ्रम बाँकी नरहेको उनले दावी गरे । मानव विकास सुचकांकमा पछाडि देखिएको, सामाजिक तथा भौतिक विकासमासमेत पछाडि पारिएको मधेशलाई एमालेको नेतृत्वको सरकारले मात्र पार लगाउन सक्ने विश्वास मधेशी जनतामा पलाइसकेको महासचिव पोखरेलले ठोकुवा गरे ।

महोत्तरीका १५ पालिकामध्ये प्रमुख र उपप्रमुखसहित बहुमत कार्यपालिका एमालेले जितेको एक मात्र नगरपालिका रामगोपालपुरले महासचिव पोखरेललाई १५ किलोको माला पहिर्याएर स्वागत गरेको थियो । कार्यक्रममा आफ्नो मन्तब्य राख्दै पोलिटब्यूरो सदस्य रामदयाल मण्डलले महोत्तरीमा एमाले कहिल्यै कमजोर नरहेको दावी गर्दै अधिकांश गाविस र नपा जितेर जिल्ला विकास समिति कब्जा गरेको, जिल्लाका चारमध्ये २ सिट प्रतिनिधिसभा सदस्य जितेको इतिहास सम्झन आग्रह गरे । पछिल्ला केही निर्वाचनमा आपसी मनोमालिन्यले गर्दा अपेक्षित परिणाम नदेखिएको उनले बताए ।

सोही नपा गृह नगर भएका केन्द्रीय सदस्य तथा मधेश प्रदेशका भौतिक पूर्वाधार मन्त्री सरोज यादवले मधेशी मात्र होइन पुरै देशको विकासको भिजन भएको पार्टी एमाले मात्र भएको बताउँदै अहिलेको यो एमालेप्रतिको जनलहर पनि एमालेका जनप्रतिनिधिले गरेको कामको परिणााम भएको दावी गरे । उनले रामगोपालपुर नगरपालिकाले यसअघि कसैले गर्न नसकेको र कसैको दिमागमा नभएको काम गरेकाले परिणाम एमालेको पक्षमा आएको ठोकुवा गर्दै मधेश सरकारमा पनि एमालेले सम्हालेका मन्त्रालय अन्तर्गतका काममा उपभोक्ता समितिमार्फत कमिसन चट्काउने खेलो सदाका लागि बन्द गरिदिएको जानकारी दिए ।

जिल्ला अध्यक्ष रामवली यादवको अध्यक्षतामा भएको सो सभालाई महोत्तरी क्षेत्रनं. १ का प्रतिनिधिसभा सदस्य लक्ष्मी महतोलगायतले सम्बोधन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार