पूर्व अमेरिकी राष्ट्रपति जिम्मी कार्टरको निधन, यस्तो उनको विगत

banner

बर्दिवास, १५ पुस । अमेरिकी नागरिकसँग कहिल्यै झुठो नबोल्ने बाचाकै कारण एक सामानय बदाम ९मुमफली०सिशानलाई विश्व शक्तिराष्ट्र अमेरिकाको कार्यकारी राष्ट्रपति बनायो । त्यति मात्रै नभई सोही प्रतापका कारण कार्टरले सबैभन्दा लामो आयु बाच्ने अमेरिकी राष्ट्रपतिको चरिचय पनि बनाए । यद्यपि, प्यालिएटिभ केयरमा एक वर्ष भन्दा बढी लामो समय कष्ट झेलेपछि उनको ९सताब्दी वर्ष अर्थात् १०० वर्षमा० निधन भएको छ । कार्टरकी श्रीमती रोजालिनको मृत्यु भएको जम्मा ८ महिना भएको छ ।

वाटरगेटकी अशान्तिमा पूर्व बदाम किसानले भियतनामका ड्राफ्ट चोरहरुलाई माफि दिनुका साथै जलवायु परिवर्तनलाई गम्भीर रुपमा लिई विश्व दौडाहा गर्ने अमेरिकी नेताको उपाधि पाएका कार्टर अक्टोबर १, १९२४ मा प्लेन्स, जर्जियामा जन्भिएका थिए ।

उनको पूरा नाम, जेम्स अर्ल कार्टर जूनियर हो । उनी एउटा बदाम खेती गर्ने परिवारमा हुर्केका थिए । संयुक्त राज्य नौसेना एकेडेमीबाट स्नातक गरेपछि, उनले १९२४ सम्म नौसेनामा सेवा गरे । आफ्ना बुबाको मृत्युपछि उनी पारिवारिक व्यवसाय सम्हाल्न जर्जिया फर्किए ।

सन् १९६२ मा जर्जियामा राज्य सिनेटरको रूपमा उनले राजनीतिमा पाइला हाले । जहाँ उनी नागरिक अधिकार र जातीय एकीकरणको लागि आफ्नो प्रतिवद्धताको लागि पिलर झैं उभिए । सन्, १९७० मा, उनी जर्जियाको गभर्नर निर्वाचित भए । अल्पसंख्यक तथा महिलाहरूको अधिकारको पक्षमा प्रगतिशील नीतिहरू प्रवद्र्धन गर्दै उनले थप लोकप्रियता बटुले ।

सन्, १९७६ मा कार्टर डेमोक्रेटिक पार्टीको उम्मेद्वारको रूपमा संयुक्त राज्य अमेरिकाको राष्ट्रपति निर्वाचनमा होमिए, र विजय हासिल गरे । आफूलाई वाशिंगटन राजनीतिक प्रतिष्ठान बाहिर एक राजनीतिज्ञको रूपमा प्रस्तुत गर्दै उनले ठूलो सफलता हात पारे ।

एक समय, जब देश वाटरगेट घोटालापछि विश्वास पुनः प्राप्त गर्न खोजिरहेको थियो, त्यसबेला उनले सम्पूर्ण ध्यान मानव अधिकार र अन्तर्राष्ट्रिय कुटनीतिमा ध्यान केन्द्रित गरे । र, उनको सबैभन्दा उल्लेखनीय उपलब्धिहरू मध्ये सन् १९७८ को क्याम्प डेभिड सम्झौता समेत हो । जसले इजिप्ट र इजरायलबीचको शान्तिलाई सहज बनायो भने सन् १९७७ को टोरिजज सन्धिले पनामा नहरको नियन्त्रण पनामालाई नै हस्तान्तरण गरिदियो ।

राष्ट्रपति रहँदा उनले इरानको बन्धक संकट र उच्च मुद्रास्फीति र बेरोजगारीसहित घरेलु आर्थिक समस्याहरू जस्ता चुनौतीको सामना गर्नु परेको थियो । यी कारकहरूले रोनाल्ड रेगनविरुद्ध सन् १९८० को चुनावमा हार्नु परेको थियो ।

ह्वाइट हाउस छाडेपछि कार्टरले आफूलाई मानवीय र शान्ति–प्रवद्र्धन गतिविधिहरूमा समर्पित गरे । सन् १९८२ मा, आफ्नी पत्नीसँग उनले कार्टर सेन्टर स्थापना गरे । कार्टर सेन्टर, मानव अधिकारको रक्षा, अन्तर्राष्ट्रिय द्वन्द्वहरूमा मध्यस्थता र विभिन्न देशहरूमा चुनावी प्रक्रियाहरूको पर्यवेक्षणमा केन्द्रित गैर–सरकारी संस्था हो । जुन कार्यले उनलाई २००२ मा नोबेल शान्ति पुरस्कार दिलायो ।

करियरका दौरान कार्टरले आफ्नो निष्ठा र नम्रतालाई पूर्णरुपमा सार्वजनिक सेवामा समर्पण गरे । कार्टर सेन्टरले नेपालमा शान्ति स्थापनादेखि विभिन्न चरणमा भएका निर्वाचनको निरन्तर पर्यवेक्षण गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार