बर्दिवास, १३ माघ । नेकपा(एमाले) का महासचिव शंकर पोखरेलले लोकतन्त्र भनेको जनताले पत्याएका दलले शासन गर्ने र साना दलले सघाउने व्यवस्था भएको बताएका छन् । विगतमा नेपाली कांग्रेस र एमाले दुवैबाट गल्ती भएको स्वीकार गर्दै उनले अब त्यसलाई सच्याइएको दावी गरे ।
आइतबार बिहान पे्रस चौतारी नेपाल, महोत्तरीले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रमुख अतिथि रहेका महासचिव पोखरेलले माओवादी अध्यक्ष प्रचण्डले यो सरकारलाई अप्राकृतिक भएको बताउदैं हिडेको प्रशंग कोट्याउदै उनले प्रश्न गरे ‘जनताले तिरस्कार गरेको दलले शासन गर्दा प्राकृतिक हुने जनताले पत्याएका दलले शासन गर्दा अप्राकृतिक हुने ?’
कहिले कांग्रेसको सहयोगमा सरकारमा गयो र एमाले देखाएर घुर्की लगायो, कहिले एमालेको काधलाई सिंढी बनाएर सरकार बनायो कांग्रेस देखाएर धम्की दियो । यस्तो सधैं कसरी चल्छ ? उनले भने । प्रचण्डको अहिलेको काम नै सरकार अस्थिर भएको, यो सरकार आज ढल्छ कि भोली भन्ने हल्ला चलाउने भएको महासचिव पोखरले बताए । उनले यो कांग्रेस एमालेको गठबन्धन २०८४ सम्म जाने कुरा कहि कसैले शंका नराख्न अनुरोध गरे । दुवै पार्टीकाबीच अन्तन्त बलियो समझदारी भएको उनले दावी गरे ।
सरकार, सरकारका लागि बनेको नभई संकट समाधानका लागि बनेको बताउदै. महासचिव पोखरेलले संकट समाधानका लागि सरकार अन्तन्त गम्भिर छ, कृयाशिल भनेर बुझिदिन पोखरेलको आग्रह थियो । सरकार बनेको छोटो समयमै सुधारका कामहरू देखिन थालेको उनले जानकारी दिए । राजश्व बढन थालेको, पुँजिगत खर्च बढन थालेको विदेशी मुद्राको संचिती इतिहासकै उच्चतम बिन्दुमा पुगेको महासचिव पोखरेलले जानकारी दिए ।
नेपालमा मौद्रिक तरलताले उद्यागी, व्यवसायीहरू हतोत्साही भएको अवस्थामा अहिले त्यसमा सुधार भएको, ब्याज दर घटेको, लगानीको वातावरण तयार भएको उनले बताए ।
मधेसको विकास कसैले गर्न सक्दछ भने त्यो नेकपा(एमाले) मात्र भएको उनले ठोकुवा गरे । तर एक समय यस्तो रह्यो जहाँ एमाले भनेको भनेको मधेश विरोधी भनेर प्रचार गर्ने काम भयो । तर आज मधेशका जनताले बुझिसकेको बताउँदै महासचिव पोखरेलले केपी ओलीको सरकारले मधेशमा जति काम गर्यो त्यति काम मधेशमा अरू कसैले गर्न नसकेको उनको कथन थियो । आज मधेशका सदरमुकामका रूपरंग फेरिएको छ, कसका कारणले ? भन्ने प्रश्न गर्दै पोखरेलले सुनकोशी –मरिन डाइभर्सन कसले ल्याएको योजना हो ? बुझ्न जरुरी भएको बताए । यो सुनकोशी–मरिन डाइभर्सन सपल भएपछि पुर्वी मधेशका लागि सुनकोशी–कमला डाइभर्सन योजनाका लागि एमालेले सोचिरहेको उनले जानकारी दिए ।
प्रेस चौतारी नेपालकी केन्द्रिय सदस्य सदस्य सुनिता महतोको अध्याध्यतामा भएको सो पत्रकार सम्मेलनमा एमाले संगठन विभागका काशिनाथ अधिकारी, मधेश प्रदेश इञ्चार्ज लिलानाथ श्रेष्ठ, पोलिटब्यरो सदस्य सुमन प्याकुरेल, मधेश प्रदेश अध्यक्ष चन्देश्वर मण्डल अतिथिकारूपमा रहेका थिए ।
एमालेको तीन महिने वडा केन्द्रित अभियानका सन्दर्भमा मधेश प्रदेशका अगुवा कार्यकर्तालाई अभिमुखि कार्यक्रम आइतबारै बर्दिवासमा सम्पन्न भएको सो पार्टीले जनाएको छ ।