बर्दिवासमा अनौठो गरी मनाइयो प्रजातन्त्र दिवस

banner

बर्दिवास, ७ फागुन । बर्दिवासमा अनौठो किसिमले प्रजातन्त्र दिवस मनाइएको छ । फागुन ७ लाई प्रजातन्त्र दिवसकारूपमा मनाइन्छ । फागुन ७ कै दिन कार्यक्रम गरिएको भए पनि ब्यानरमा प्रजातन्त्र शब्दको उल्लेख थिएन ।

बुधबार बिहान अधिकांश स्कुले विद्यार्थी सहभागि साइकल र्यालीले बर्दिवास नगर परिक्रमा गर्दै गौतम होटलको विपरीत दिशामा रहेको चौरमा र्याली सभामा परिणत भएको थियो । सभाका प्रमुख अतिथि बर्दिवासका नगर प्रमुख प्रह्लादकुमार क्षेत्रीलाई घोषणा गरिएको थियो भने सभाध्यक्षता र सञ्चालन ट्राफिक प्रहरीले गरेको थियो ।

२०६२/६३ को जन आन्दोलनपछि सरकारी होस वा गैरसरकारी हरेकले आफ्नो कार्यक्रमको सुरुवात राष्ट्रिय गानबाट गर्ने गरेका छन् । तर, बुधबारको यो कार्यक्रममा राष्ट्रिय गान पनि वजेन । राष्ट्रिय गान नवजेपछि प्रजातन्त्र प्राप्तिका लागि जीवन उत्सर्ग गर्ने शहीदको सम्झनामा मौन धारण हुने कुरा पनि भएन ।

कार्यक्रममा बर्दिवासका आधा दर्जन संघसंस्था सहआयोजकजस्ता थिए । आसन ग्रहण पनि सोही बमोजिम थियो । शायद निर्दलीय व्यवस्थामा यस्तो भएको थिएन । मन्तव्य राख्ने क्रममा पनि ट्राफिक प्रहरीजतिले ट्राफिक नियमको कुरा गरे भने नगरप्रमुखलगायत संघसंस्थाका प्रतिनिधिले स्वास्थ्यको परिचर्चा । साइकल चलाउँदा स्वास्थ्यलाई हुने फाइदाका विषयमा अधिकांश वक्ताले धारणा राखेका थिए । अब बर्दिवासमा हरेक महिनाको एक दिन साइकल र्यालीको आयोजना नगरले आयोजना गर्नु पर्ने अधिकांशको राय थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार