काहरमानले जस्तो मनाए पो प्रजातन्त्र दिवस

banner

बर्दिवास, ९ फागुन । बर्दिवास नगरपालिकामा काहरमान श्यांङवाले मात्र आफू जनप्रतिनिधि भएको झल्को दिएका छन् । उनले लाज, डर वा धक नमानी ७५ औं प्रजातन्त्र दिवस मनाएर जनप्रतिनिधिको झल्को दिएका हुन् ।

उनी बर्दिवास –५ का वडाध्यक्ष हुन् । उनले ‘७५ औं प्रजातन्त्र दिवसको अवसरमा आयोजित कार्यक्रम’ लेखिएको ब्यानरमै फागुन ६ र ७ मा वडास्तरीय विभिन्न कार्यक्रम सम्पन्न गरेका छन् । बर्दिवासमा फागुन ७ को मितिमा मात्र होइन ६, ७ र ८ गतेसम्मै भब्यरूपमा विभिन्न कार्यक्रम सम्पन्न भए । तर, ब्यानरमा कतै ‘प्रजातन्त्र’ शब्दको उच्चारण देखिएको थिएन ।

काहरमानले अकस्मात वा केही दिनको तयारीमा यसरी प्रजातन्त्र दिवस मनाएका होइनन् । उनको वडाले शैक्षिक शत्रको सुरुमै प्रकाशन गरेको शैक्षिक क्यालेण्डमै प्रजातन्त्र दिवसमा यो कार्यक्रम गर्ने भन्ने उल्लेख गरेको देखिएको छ । प्रकाशित शैक्षिक क्यालेन्डरमा ७५ औं प्रजात्नत्र दिवसमा वडाका माविस्तरीय फुटबल प्रतियोगिता गराउने उल्लेख पाइन्छ । त्यसमा उनले समन्वय गरेर आकस्मिकरूपमा थपेको आँखा जाँच हो ।

क्यालेन्डरमा उल्लेख भएअनुसार ७५ औं प्रजातन्त्र दिवस वडानं. ५ मा सो वडामा रहेका ४ वटा माविबीच फुटबल प्रतियोगिता गरेर मनाइयो । श्रीपञ्चधुरा मावि चेरू, श्रीइच्छेश्वर मावि चेरू, श्रीटुटेश्वर मावि डिपू र श्रीसेम नेपाल राष्ट्रिय मावि ढुङ्ग्रेबीच भएको फटबल प्रतियोगितामा फाइनल खेल टुटेश्वर र पञ्धुराबीच भएको थियो । फागुन ७ मा सम्पन्न फाइनलमा टुटेश्वर माविलाई पराजित गर्दै पञ्चधुराले वाजि मार्यो ।

पहिलो र दोश्रो हुने खेलाडीलाई वडाध्यक्ष श्याङ्वाले ट्रफी र शैक्षिक सामाग्रिसहित पुरस्कृत गरे । वडाध्यक्ष श्याङ्वाले प्रजातन्त्र दिवसमा प्रतियोगिता गरेर मनाएका मात्र होइन । विद्यार्थीलाई अतिरिक्त क्रियाकलापका लागि उनले पोषाक, फुटबल, भलिबल, नेट, बाद्यबादनका सामाग्री, जातजातिअनुसारका भेषभुषा पनि विद्यालयहरूमा वितरण गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार