ट्रम्प र जेलेन्स्की विवादमा रूसले के भन्यो ?

अन्तराष्ट्रिय

एजेन्सी, १७ फागुन । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उपराष्ट्रपति जेडी भान्ससँग गरेको चर्को बहसप्रति रुसले प्रतिक्रिया दिएको छ । रुसले जेलेन्स्कीको व्यवहार अनुपयुक्त रहेको र उनको नराम्रो व्यवहारको बाबजुद ट्रम्पले संयम देखाएको बताएको छ । रुसी विदेश मन्त्रालयका प्रवक्ता मारिया जाखारोभाले ट्रम्प र भान्सले जेलेन्स्कीमाथि हात नउठाएर ठूलो संयमता देखाएका बताइन् । रुससँगको युद्ध र खनिज सम्झौताको विषयमा अमेरिका गएका जेलेन्स्कीको शुक्रबार ओभल अफिसमा अमेरिकी नेताहरूसँग विवाद भएको थियो ।

रुसी विदेश मन्त्रालयकी प्रवक्ता मारिया जाखारोभाले टेलिग्राममा लेखेकी छन्, ‘मलाई लाग्छ जेलेन्स्कीको सबैभन्दा ठूलो झूट भनेको २०२२ मा युक्रेन एक्लै थियो, उसलाई कुनै समर्थन थिएन। जेलेन्स्कीले झूट बोले र एकपछि अर्को धम्की दिए। म आश्चर्यचकित छु कि कसरी ट्रम्प र भान्सले उनलाई मारेनन्, यति धेरै संयम देखाउनु चमत्कार हो।’

 

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार