बर्दिवास, २२ फागुन । प्रधानमन्त्री केपी शर्मा ओली आज बिहीबार महोत्तरी आउनु हुने भएको छ । गौशाला नपा –१ इटाटारमा मध्यान्हमा प्रधानमन्त्रीले सम्वोधन गर्ने कार्यक्रम रहेको छ ।
इटाटारमा नेपालका चर्चित उद्योगी चन्द्र ढकालसमूहले निर्माण गरेको कागज कारखाना (पेपर मिल्स) उद्घाटन प्रधानमन्त्रीले गर्ने कार्यक्रम रहेको सो पेपर मिल्सले जनाएको छ । सो मिल्सको उद्घाटन अवलोकनपछि प्रधानमन्त्रीले संक्षिप्त मन्तव्य राख्ने कार्यक्रमसमेत रहेको आयोजकले जनाएका छन् ।
यसैगरी नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल महोत्तरीकै सेरेफेरोमा अभियान सञ्चालन गरिरहनु भएको छ भने नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा पनि महोत्तरी आउने कार्यक्रम रहेको सो पार्टीले जनाएको छ । शेरबहादुर देउवाले महोत्तरीमा जनसभालाई सम्वोधन गर्ने कार्यक्रम छ ।