मन्त्रीले पोल खोलेपछि पत्रकारका संघ संगठन ‘तै चुप मै चुप’ (भिडियो र विज्ञप्तिहित)

banner

बर्दिवास, २२ फागुन । नेकपा( एमाले) मधेश प्रदेशसभाका संसदीय दलका नेता तथा धौतिक पूर्वाधार मन्त्री सरोज यादवले वार्गेनिङ गर्ने पत्रकारको नाम सार्वजनिक गरिदिए पछि जनकपुरका पत्रकारका संघ, संगठन ‘तै चुप मै चुप’ भएका छन् । यसअघि मन्त्रीले सार्वजनिक मञ्चमा सम्पूर्ण पत्रकार जगतलाई बदनाम हुने गरी अभिव्यक्ति दिएको भन्दै उनीवरुद्ध विज्ञप्तिको वाढी लागेको थियो ।

विज्ञप्तिमा मन्त्रीलाई त्यस्ता पत्रकारको नाम सार्वजनिक गर्न दवाव दिइएको थियो । मन्त्रीविरुद्ध विज्ञप्ति निकाल्नेमा पहिलो नम्वरमा देखिएको थियो प्रेस सेन्टर धनुषा, त्यसपछि नेपाल पत्रकार महासंघ मधेश प्रदेशका महासचिवको हस्ताक्षरमा पनि विज्ञप्ति जारी गरिएको थियो ।

विज्ञप्तिमा नाम सार्वजनिक गरे आफूहरू त्यस्ता पत्रकारलाई कारवाही गर्ने मन्त्रीले नाम सार्वजनिक गर्न नसके सार्वजनिकरूपमा माफी माग्न भनिएको थियो । तर, मन्त्रीले प्रमाणसहित नाम सार्वजनिक गरेको २४ घण्टा वितिसक्दा पनि ती विज्ञप्ति निकाल्नेहरू ‘तै चुप मै चुप’ को अवस्थामा छन् ।

 

 

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार