चौतारी अध्यक्ष बस्नेतविरुद्धको षडयन्त्र विफल, समाचार लेख्दा साइबर क्राइम नहुने

राजनीति

बर्दिवास, २३ फागुन । प्रेस चौतारी नेपालका अध्यक्ष तथा जनताटाइम्स डट कमका सञ्चालक गणेश बस्नेतले विद्युतीय अपराध मुद्दामा सफाई पाएका छन् । उनीविरुद्ध परेको विद्युतीय अपराध मुद्दामा अदालतले दावी नपुग्ने ठहर गरेसंगै ‘क्लिन चिट’ पाएका हुन् ।

जनता टाइम्समा प्रकाशित एक समाचारमा आपत्ति जनाउदैं प्रहरी प्रतिवेदनका आधारमा उनलाई लगाइएको साइबर क्राइमको मुद्दा काठमाडौं जिल्ला अदालतका न्यायाधीश हर्कबहादुर क्षेत्रीको इजलासले दावी नपुग्ने ठहर गरेको हो । सञ्चारमाध्यममा प्रकाशित समाचारको विषयलाई साइबर अपराध भन्न नमिल्ने र यसको क्षेत्राधिकार प्रेस काउन्सिल रहेको अदालतको व्याख्या रहेको छ ।

यो मुद्दामा बस्नेतका तर्फबाट वरिष्ठ अधिवक्ता बाबुराम दाहाल, वरिष्ठ अधिवक्ता रामबहादुर खड्का, अधिवक्ताहरू रामचन्द्र पौडेल, योगेन्द्रबहादुर थापा, चेतबहादुर थापालगायत बस्नेतको पक्षबाट बहस गरेका थिए ।

बस्नेतले सफाइ पाएसंगै अब कसैले विद्युतीय अपराधको कसुरमा सजाय भोग्नु नपर्ने नजिर स्थापित भएको कानुन व्यवसायी बताउछन् । सूचना तथा प्रशारण विभागमा दर्ता भएका सञ्चार माध्यमको नियमन गर्ने निकाय प्रेस काउन्सिल भएको अदालतको ब्याख्याले बस्नेत मात्र होइन पत्रकारमाथि झुण्डिएको विद्युतीय अपराधको ‘तरवार’ हटेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार