ऋषि देवकोटा मारिंदा शोकसम्म नमनाएपछि मेरो मन भरङ्ग भयो : प्रेमबहादुर राना (भिडियो)

banner

बर्दिवास, ८ वैशाख । महोत्तरी जिल्लाकै पुराना कम्युनिष्ट नेताका रूपमा परिचित बर्दिवास –८ हाथिलेट निवासी प्रेमबहादुर रानाले ऋषि देवकोटालाई पंचायती शासकले निर्ममतापूर्वक हत्या गर्दा उनीआवद्ध पार्टी चौथो महासधवेशनले शोकसम्म नमनाएको खुलासा गरेका छन् । यसघटनाले आफ्नो युवा मस्तिकमा नराम्रो आघात पुगेको उनले बताए ।

पञ्चायती शासकले यहाँ  कम्युनिष्टविरुद्ध दमन अभियान चलाएपछि आफूहरू पार्टीको तत्कालिन सम्पर्क कार्यालय सितामढी पुगेको सम्झदैं उनले भने ‘त्यहा पुग्दा थाहा भो तत्कालिन चौथो महाधिवेशनभित्र ठूलो अन्तरसंघर्ष चलेको रहेछ । ऋषि देवकोटालाई एक्लै पारिएको रहेछ । उहाँको हत्या हुँदा पार्टीले शोकसम्म मनाएन । शहीदसम्म भनेन ।’ उनले थपे ‘ यत्रो दुई अञ्चल (सगरमाथा र जनकपुर) का इञ्चार्जलाई त यसरी गन्दैन भने हामी त को हो र ? भन्ने लाग्यो ।’

सुनौ उहाँका सम्झना जस्ताको तस्तै :–

 

 

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार