बर्दिवास, ११ वैशाख । बर्दिवास नगरपालिकाको लगानीमा बनेको वडा–३ को बनभोज स्थल मधेश प्रदेशकै उत्कृष्ट ठहरिएको छ । यहाँ बनभोजका लागि आउनेहरूकै कारण यसको उत्कृष्टता झल्किएको हो ।
स्थानीयकाअनुसार यो रामकुमार कार्की पालामा निर्माण भएको हो । प्राकृतिक वनमा त्यसको विनास नगरी उत्कृष्ट ढंगले त्यसको उपयोग गर्न सकिन्छ भन्ने यसले उदाहरण पनि पेश गरेको यहाँका स्थानीयले बताए ।
प्राकृतिक सौन्दर्यता त यसको मूलनै भयो सात वटाजति जस्ताले छाएका टहरा, उचित खानेपानीको प्रवन्ध, शौचालयको प्रवन्ध, सरसफाई आदीले यसलाई थप उजिल्याएको छ । वन्यजन्जु हेरेर रमाउनेको प्यासलाई पनि यहाँ रहेका हरिणले मेट्नुले सुनमाथि सुगन्धको काम गरेको छ ।
संगै रहेको पोखरीमा पक्की घाट बनाइउको, पोखरी वरिपरी लान गरिएको तर, पोखरीमा पानी नभएकाले भने मन अलि खिन्न बनाउने गरेको देखिएको छ । जबकी पोखरीको केही जिर्णेद्धार गरी पानी हालेर बोट चलाउने व्यवस्था गर्न सके बाह्रै महिना हरेक दिन पर्यटकको कमी नहुने स्थानीयले बताए ।
बर्दिवासमा यसरी व्यवस्थापन गर्न सके थोरै खर्चमा पर्यटक तान्न सकिने धेरै स्थानहरू छन् । माइस्थान मन्दीर, टुटेश्वर मन्दीर, गौरीडाडादेखि पाटुको रातु नदीको किनार बर्दिवास नजिकका पर्यटकीय सम्भावना बोकेका स्थान छन् ।