बर्दिवास १७ वैशाख । कुनै समय महोत्तरी जिल्लाको उत्तरी भेगमा कम्युनिष्ट नेताकारूपमा ख्याती कमाएका भीष्मकुमार खड्काले अहिलेका कम्युनिष्टले गति छाडेको बताएका छन् ।
खड्काकाअनुसार अहिलेका कम्युनिष्टमा पहिलेकोजस्तो न अनुशासन छ न त सिद्धान्तप्रतिको प्रतिवद्धता । अहिलेका सबैजसो कम्युनिष्ट नेता सामन्तवाद र साम्राज्यवादको दलाल भएको उनको बुझाई छ । आफू सामाजिक विभेद, शोषण, अत्याचारविरुद्ध लागेकाले विगतप्रति पश्च्याताप होइन गौरववोध हुने गरेको उनले बताए ।
उनले भने ‘कम्युनिष्टको सिद्धान्त नराम्रो होइन नि । यी नेताहरूले गति छाडेका हुन् । सहज जीवनका लागि कमाउ धन्धामा लागेका हुन् ।’ कम्युनिष्ट पार्टीमा लागेर धेरै दुःख, हण्डर खाए पनि अहिले नेताहरूले गति छाडेको देख्दा दिक्क लाग्ने गरेको बताउँदै उनले भने ‘हामी त राम्रो भनेर लागेको हो । अहिले पनि कम्युनिष्टको सिद्धान्त बदलिएको त छैन नि ! नेताहरू पो सिद्धान्तप्रति प्रतिवद्ध नभएका हुन त !’
यहाँ कम्युनिष्ट पार्टी कसरी भित्र्याइयो ? को को नेताले प्रशिक्षण दिए ? २०३६ सालमा कसरी यस भेगमा दमन भयो ? नन्दलाल सुशलिङ्ग र राइटरलाई कसले किन हत्या गरे ? जान्नका लागि यो भिडियो हेर्नुहोस :–