शारादा थापाले आफ्नो क्षेत्रमा गरेको विकासको खर्च ( तालिका)

banner

बर्दिवास, २५ वैशाख । महोत्तरी जिल्लाको निर्वाचन क्षेत्र नं. १ (ख) मा नेकपा (एमाले)को उम्मेदवार भएर दुई पटक विजयी बनेकी शारदादेवी थापाले मनग्य विकास निर्माणको कार्य गरेको तथ्यांकले देखाएको छ ।

दुई कार्यकाल एकै पदमा रहँदा पनि आफ्नो निर्वाचन क्षेत्रमा सबैको प्रिय बनेकी प्रदेश सांसद थापाको विकास निर्माणमा खर्च गरेको रकम पनि पारदर्शी रहेको पाइएको छ । पहिलो पटक उनी २०७४ सालमा निर्वाचित भएकी हुन् ।

पहिलो प्रदेशसभा सदस्यको पहिलो आर्थिक वर्षमा निर्वाचन क्षेत्र विकासमा धेरै रकम नपाए पनि प्राप्त रकमलाई पारदर्शी किसिमले खर्च गरेको उनी बताउछिन् । पाँच वर्षको पहिलो कार्यकालमा उनले आफ्नो निर्वाचन क्षेत्रमा ३३ वटा इनार, ८५ वटा चापाकल, ९ वटा सिंचाई वोरिङ्ग निर्माण गरेको मानीय थापाले बताएकी छन् । सो बाहेक दुई दर्जन बाटाघाटा निर्माण, ग्राभेल, ढलानका साथै सामुदायिक भवन निर्माण, स्कूल भवन निर्माण, मन्दीर निर्माणमा उत्तिकै ध्यान दिएको पाइएको छ ।

पहिलो कार्यकाल बिसं. २०७४ देखि २०७९ सम्ममा उनले विकास निर्माणमा ११ करोड ३५ लाख ५५ हजार ८५० रुपैयाँ खर्च गरेको देखिएको छ । बर्दिवास र भंगाहा नगरपालिकाका १६ वटा वडा मिलाएर बनेको निर्वाचन क्षेत्र १ (ख)मा यस्तो छ माननीय थापाले गरेको वडागत खर्च विवरण : –

 

 

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार