बर्दिवास, ४ जेठ । ‘अरू त अरू नै भए आफन्त भनाउँदाहरू पनि पर–पर हुन्थे’ उनी सम्झन्छन् ‘मलाई आफूतिर आउँदै गरेको देख्नासाथ आफन्तको भागाभागजस्तै हुन्थ्यो ।’
एभरेष्ट स्वीट्स एण्ड डेरी, बर्दिवासका सञ्चालक सुरेन्द्र लामा आफ्नो विगत सम्झदै भन्छन् ‘अफ्ठेरोमा हाम्रो समाजको चरित्रको व्यवहारिक ज्ञान प्राप्त हुँदो रहेछ ।’ राम्ररी हेर्दा अरू समयमा पनि देख्न सकिन्छ तर, अभावमा बढीनै बिझ्ने भएकाले सहजै ‘फिल’ हुने लामा सुनाउँछन् ।
साविक माइस्थान गाविस हाल बर्दिवास –४ स्थायी वासिन्दा लामा यसरी अझ्ठेरोमा पर्नुमा भने सहकारी कारण बनेको छ । युवा जोसमै उनले केही साथीसंग मिलेर कृषि सहकारी खोलेका थिए । त्यो सहकारीले बर्दिवासमा पहिलो पटक कृषिजन्य डिपार्टमेन्ट स्टोर्स खालेको थियो ।
त्यो सहकारी यसरी धारासायी भयो कि सुरेन्द्रलाई बर्दिवासको चोक, बजारमा मुख देखाउन नसक्ने बनायो । निर्वाहमुखि कृषिमा आधारित परिवारलाई साढें एक करोड बराबरको ऋण त्यो पनि आजभन्दा २५ वर्षअघि चानचुने कुरा थिएन ।
तर अहिले उनी बर्दिवासका सफल व्यवसायी मध्येमा पर्दछन् । उनको साकाहारी खाजा र खानाको व्यवसाय राम्ररी फस्टाएको छ । उनको होटल सफा र आकर्षक त छ नै मधेशको उखरमाउलो गर्मीमा शितलता दिने भएकाले पनि भिड लाग्ने गरेको छ ।
उनको जीवनका ति दिन र यि दिन कस्ता रहें सुनौं उनकै मुखबाट ः –