अब बर्दिवासमा सय रुपैयामै ‘घिउ र भात’

banner

बर्दिवास, ११ जेठ । अब बर्दिवासमा सय रुपियाँमै ‘घिउ र भात’ पेटभरी खान पाइने भएको छ । एभरेष्ट डेरी एण्ड स्वीटले यो स्किम ल्याएको हो ।
हिजो जेठ १० देखि सुरु भएको यो १०० रुपैयाँमा घिउ र भातको स्किम बाह्रै महिना चल्ने सो होटलका सञ्चालक सुरेन्द्र लामाले बताए । हिजो सुरु भएकै दिन करिव १५० ले खाना खाएको उनले बताए ।

आफै पस्किने आफै जाने व्यवस्था गरिएको यो सय रुपैयाँमा घिउ र भातको स्किम बिहान ९ वजेदेखि दिउसो २ वजेसम्म र साँझ ७ देखि ९ वजेसम्म चल्ने व्यवस्थापक लामा बताउँछन् । ‘घिउ र भात’ को स्लोगन दिएको हो, खानामा भात, दाल, तरकारी, अचार, सलाद र माथिबाट घिउ रहने गरेको छ ।

बर्दिवासमा सादा खाना कहि पनि २०० घटीमा पाइदैनन् । यसले विशेषगरी शारीरिक श्रम गरेर खाने वर्ग जो कठोर श्रम गर्दा पनि कम ज्याला पाउँछन् ती वर्गलाई यो स्किम लीषत गरिएको लामाले बताए । मधेशको प्रचण्ड गर्मीमा श्रम गरेर थाकेका मानिस सफा ठाउँमा ‘एसी’ को चिसोमा बसेर सस्तोमा स्वादिस्ट खाना पाउने भएकाले सुरु भएकै दिन ग्राहको भीड थेगि नसक्नु भएको कामदारले सुनाए ।

पैसाको अभावमा कोही भोको रहनु नपरोस भनेर यो योजना बनाएको लामाले बताए । ‘सबैले आ–आफ्नो ठाउँबाट गर्न सक्ने समाजका लागि गर्ने हो ।’ लामा भन्छन् ‘म जुन व्यवसाय गर्छू मैले सक्ने यस्तै यस्तै हो ।’

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार