बर्दिवास, ३१ जेठ । महुली लघसवित्त वित्तीय संस्थाले संस्थाले आफ्नो १३ औं स्थापना दिवस भव्यताकोसाथ मनाएको छ । संस्थाले ३४ ं जिल्लाका ६४ वटा शाखा विविध कार्यक्रम गरी स्थापना दिवस मनाएको हो ।
स्थापना दिवसका अवसरमा संस्थाले प्रविधिमैत्री लघुवित्त सेवा र सामाजिक उत्तरदायित्वलाई प्राथमिकता दिने प्रतिबद्धता दोहोर्याएको छ । ग्रामीण वित्तीय समावेशीकरणलाई लक्ष्य बनाएर स्थापना भएको सो संस्थाले आफ्नो स्थापनाको १२ वर्ष पूरा गरी १३औं वर्षमा प्रवेश गरेको अवसरमा सो प्रतिवद्धता दोहोर्याएको हो ।
दिवसका अवसरमा संस्थाका सञ्चालक समिति अध्यक्ष मोहन हरी आचार्य र कार्यवाहक प्रमुख कार्यकारी अधिकृत सरोज कुमार सिंहले संयुक्त शुभकामना सन्देश जारी गर्दै, विगत १२ वर्षको यात्रालाई संघर्ष, प्रतिबद्धता र उपलब्धिको संगमको रूपमा मूल्याङ्कन गरेका छन्।
‘सीमान्तकृत वर्गमा वित्तीय सेवा पुर्याउँदै, महिला सशक्तीकरण, उद्यमशीलता विकास र वित्तीय साक्षरताको माध्यमबाट समाजमा सकारात्मक परिवर्तन ल्याउने यात्रामा महुलीले महत्वपूर्ण भूमिका खेलेको छ,’ शुभकामना सन्देशमा भनिएको छ। साथै, संस्थाले प्रविधिको प्रयोगद्वारा गुणस्तरीय सेवा विस्तार, ग्राहक गुनासो व्यवस्थापन प्रणाली सुदृढीकरण तथा संस्थागत सुशासनमा केन्द्रित हुने प्रतिवद्धता पनि जनाइएको छ।
स्थापनाको अवसरमा संस्थाले आफ्नो ३४ जिल्लामा रहेका ६४ शाखा कार्यालयहरू मार्फत एकैसाथ विभिन्न सामाजिक उत्तरदायित्वसम्बन्धी कार्यक्रमहरू सम्पन्न गरेको हो। तीमध्ये वृक्षारोपण अभियान, शैक्षिक सामग्री वितरण, विद्यालयस्तरीय वित्तीय साक्षरता सत्र, र निःशुल्क स्वास्थ्य शिविरहरू प्रमुख रहेका छन्।
यी कार्यक्रमहरूमा नेपाल प्रहरी, स्थानीय जनप्रतिनिधिहरू, विद्यालय प्रशासन, अभिभावक तथा सामुदायिक प्रतिनिधिहरूको उल्लेख्य उपस्थिति रह्यो। धेरैजसो कार्यक्रममा विद्यार्थी र युवा वर्गको सहभागिता उल्लेखनीय देखिएको थियो।
महुली लघुवित्तले दुर्गम तथा वित्तीय पहुँचबाट टाढिएका समुदायहरूमा सेवा प्रदान गर्दै आएको छ। संस्थाले हालसम्म हजारौँ ग्राहकहरूलाई स–साना व्यवसाय, कृषि, पशुपालन र सेवामूलक क्षेत्रमा ऋण लगानी गराउँदै, बचत तथा बीमा सेवामा पनि उल्लेखनीय वृद्धि गराएको छ।
स्थानीय समुदायमा स्थापना दिवसको अवसरमा सञ्चालन गरिएका कार्यक्रमहरूले संस्थाको सामाजिक प्रतिबद्धता र सामाजिक उत्तरदायित्वप्रति सकारात्मक सन्देश प्रवाह गरेको छ।